News Portal

मानव कङ्‍काल ओसारपसारमा पुनः पक्राउ विनोद राय

विराटनगरको सीमावर्ती क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले मानव कङ्‍काल ओसारपसारमा पुनः विनोद राय पक्राउ परेका छन्।

संगीता गुरुङ
२४८ पटक

माघ २१, विराटनगर – विराटनगरको सीमावर्ती क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले मानव कङ्‍काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद राय हुन्। उनको साथबाट ३८ वटा मानव खप्पर र १० नली खुट्टाको हाड बरामद गरिएको छ। विनोद राय यसअघि पनि मानव कङ्‍काल ओसारपसारको आरोपमा पक्राउ परिसकेका थिए। २०७८ साल असोज २० गते उनलाई २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाका हड्डीसहित नियन्त्रणमा लिइएको थियो। त्यसबेला उनलाई अभद्र व्यवहारको मुद्दा चलाइ १७ दिन हिरासतमा राखिएको थियो, जसपछि उनी ५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए। तर तीन वर्षपछि फेरि आइतबार उनलाई मानव कङ्‍काल सहित पक्राउ गरिएको छ।

राय भारतबाट रिक्शामा विराटनगर प्रवेश गर्ने क्रममा विराटनगर–१५ स्थित २ नम्बर ढाटमा चेकजाँच गर्दा पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनको झोलाबाट मानव कङ्‍काल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। तर अहिले पनि मानव कङ्‍काल ओसारपसार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नभएका कारण विनोद रायलाई कुन मुद्दा लगाउने भन्ने विषयमा अन्योल देखिएको छ। यसअघि उनलाई अभद्र व्यवहारको मुद्दा लगाइएको थियो, तर यसपटक के गर्ने भन्ने विषयमा प्रहरी परामर्श गरिरहेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा रायले बरामद गरिएका मानव कङ्‍काल तान्त्रिक विधिमा प्रयोग हुने बताएका छन्। उनका अनुसार यी कङ्‍काल धामीझाँक्री तथा लामाहरूलाई बिक्री गर्ने उद्देश्यले ल्याइएको थियो। प्रहरी स्रोतका अनुसार यस्ता मानव कङ्‍काल चीनतर्फ पनि निकासी हुने आशंका छ, तर हालसम्म यसबारे ठोस प्रमाण भेटिएको छैन। पक्राउ परेका रायले आफूलाई भारतको जोगबनीबाट विराटनगर बजारसम्म कङ्‍काल पुर्‍याउने जिम्मेवारी मात्र रहेको बयान दिएका छन्।

यस घटनाबारे विस्तृत अनुसन्धान इलाका प्रहरी कार्यालय रानीले गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...