News Portal

रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन हुने

मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ।

रबिन्द्र बराल
१८४ पटक

माघ २१, मोरङ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ। आइतबार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले पाठेघरको मुखको क्यान्सर रोगको अवस्था, एचपीभी खोप, र अभियानको बारेमा नगरभरिका सामुदायिक तथा निजी विद्यालयका प्राध्यापकहरू र सबै वडाका वडाध्यक्षहरूलाई जानकारी गराएका थिए। तोकिएको समय अवधिमा खोप लगाउन छुटेकाहरूलाई सम्बन्धित वडाको स्वास्थ्य केन्द्रबाट खोप उपलब्ध गराउने योजना रहेको उनले बताए।

कक्षा ६ देखि १० सम्मका किशोरीहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिने मण्डलले जानकारी दिए। नगरभित्र सामुदायिक तथा संस्थागत विद्यालयका २,७२६ विद्यार्थीहरू रहेका छन् भने विद्यालयबाहिरका ५ प्रतिशत किशोरीहरू रहेका छन्।

माघ २७ गतेदेखि फागुन २ गतेसम्म खोप लगाइनेछ। नगरभित्र ४४ वटा खोप केन्द्र रहेको र सम्पूर्ण विद्यालयहरूमा खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाका वडाध्यक्ष रामचन्द्र मण्डलका अनुसार महिलाहरूको ठूला समस्यामध्ये एक रहेको पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन हुन लागेको खोप अभियान सफल बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ।

उक्त कार्यक्रममा प्रकाश अधिकारी, महेश खनाल, स्वास्थ्य प्रमुख भुपेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...