News Portal

  • मापदण्डभन्दा बढी खोलाबाट बालुवा निकालेपछि गाउँ जोखिममा

    मापदण्डभन्दा बढी खोलाबाट बालुवा निकालेपछि गाउँ जोखिममा परेको छ।

    रबिन्द्र बराल
    १३४ पटक

    माघ २०, मोरङ – रतुवामाई नगरपालिका–७ स्थित मलामीघाटबाट नगरपालिकाले टेन्डरमार्फत २ लाख १० हजार रुपैयाँ बराबरको मात्र बालुवा निकासी गर्न अनुमति दिएको थियो। तर, ठेकेदारहरूले खोलाको किनारमा १० बिघाभन्दा बढी क्षेत्रफलबाट बालुवा उत्खनन गरी बिक्री–वितरण गरिरहेका छन्। नगरपालिकाको मापदण्डभन्दा बढी मात्रामा बालुवा निकासी गरेपछि स्थानीयहरू बर्खाको समयमा खेतीयोग्य जमिन कटान हुने डरले चिन्तित बनेका छन्।

    उक्त खोला केही मिटर टाढा मात्र रहेकाले गाउँ डुबानमा पर्ने खतरा बढेको स्थानीयको भनाइ छ। स्थानीय वेदनाथ राजवंशीका अनुसार, उनका हजुरबुबाको पालामा उक्त स्थानमा खेतीयोग्य जमिन थियो। केही समयपछि रतुवा खोलाले धार परिवर्तन गरेपछि जग्गा खोलासँगै जोडिएको थियो। त्यसबेला देखिनै स्थानीयहरूले वार्षिक रूपमा सो जग्गाको मालपोत तिर्दै आएका थिए। तर, अहिले नगरपालिकाले खोलाकाे बालुवा बिक्री गर्न केही महिना अगाडि टेन्डरमार्फत ठेक्का लगाएको र ठेकेदारले मापदण्डभन्दा बढी मात्रामा बालुवा निकासी गरेको उनले बताए।

    बालुवा उत्खननका कारण अहिले सत्सङ्ग टोलका ३०० घरपरिवार बर्खाको समयमा गाउँमा बाढी पस्ने डरले त्रसित बनेका छन्। स्थानीय बासुदेवप्रसाद राजवंशीका अनुसार, जथाभावी बालुवा निकासी गर्दा गाउँ नै जोखिममा पर्ने खतरा बढेको छ। खेतीयोग्य जमिन कटान हुने समस्या पनि बढ्दै गएको छ भने गाउँ डुब्ने सम्भावना रहेको उनले बताए।

    स्थानीयहरूले दैनिक दर्जनौं ट्र्याक्टर र ट्रिपरले बालुवा लैजाने गरेको र धुलोका कारण समस्या झेल्नुपरेको गुनासो गरेका छन्। कहिलेकाहीँ सडकमा पानी छर्किए पनि आवतजावतमा कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ। स्थानीयले नगरपालिकालाई बारम्बार जानकारी गराए पनि कुनै पहल नभएको आरोप लगाएका छन्।

    नगरपालिकाका प्रशासकीय इन्जिनियर गजेन्द्र साहका अनुसार, नगरपालिकाले कात्तिक १५ गते बालुवा निकासीका लागि टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डरको लागत २ लाख ३ हजार ४१२ रुपैयाँ तोकिएको थियो, जसलाई ठेकेदारले २ लाख ५ हजार रुपैयाँमा ठेक्का लिएको उनले जानकारी दिए। तर, स्थानीयले ठेकेदारले मापदण्ड विपरीत बालुवा निकासी गरेको आवाज उठाएपछि नगरपालिकाले बालुवा निकासीमा रोक लगाएको उनले बताए।

    हाल ठेकेदारहरूले रतुवामाईको विभिन्न स्थानहरूमा बालुवा भण्डारणसमेत गरेका छन्। सम्बन्धित निकायले बेलैमा ध्यान नदिए बर्खाको समयमा गाउँ नै जोखिममा पर्ने स्थानीयले बताएका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...