News Portal

मापदण्डभन्दा बढी खोलाबाट बालुवा निकालेपछि गाउँ जोखिममा

मापदण्डभन्दा बढी खोलाबाट बालुवा निकालेपछि गाउँ जोखिममा परेको छ।

रबिन्द्र बराल
१६५ पटक

माघ २०, मोरङ – रतुवामाई नगरपालिका–७ स्थित मलामीघाटबाट नगरपालिकाले टेन्डरमार्फत २ लाख १० हजार रुपैयाँ बराबरको मात्र बालुवा निकासी गर्न अनुमति दिएको थियो। तर, ठेकेदारहरूले खोलाको किनारमा १० बिघाभन्दा बढी क्षेत्रफलबाट बालुवा उत्खनन गरी बिक्री–वितरण गरिरहेका छन्। नगरपालिकाको मापदण्डभन्दा बढी मात्रामा बालुवा निकासी गरेपछि स्थानीयहरू बर्खाको समयमा खेतीयोग्य जमिन कटान हुने डरले चिन्तित बनेका छन्।

उक्त खोला केही मिटर टाढा मात्र रहेकाले गाउँ डुबानमा पर्ने खतरा बढेको स्थानीयको भनाइ छ। स्थानीय वेदनाथ राजवंशीका अनुसार, उनका हजुरबुबाको पालामा उक्त स्थानमा खेतीयोग्य जमिन थियो। केही समयपछि रतुवा खोलाले धार परिवर्तन गरेपछि जग्गा खोलासँगै जोडिएको थियो। त्यसबेला देखिनै स्थानीयहरूले वार्षिक रूपमा सो जग्गाको मालपोत तिर्दै आएका थिए। तर, अहिले नगरपालिकाले खोलाकाे बालुवा बिक्री गर्न केही महिना अगाडि टेन्डरमार्फत ठेक्का लगाएको र ठेकेदारले मापदण्डभन्दा बढी मात्रामा बालुवा निकासी गरेको उनले बताए।

बालुवा उत्खननका कारण अहिले सत्सङ्ग टोलका ३०० घरपरिवार बर्खाको समयमा गाउँमा बाढी पस्ने डरले त्रसित बनेका छन्। स्थानीय बासुदेवप्रसाद राजवंशीका अनुसार, जथाभावी बालुवा निकासी गर्दा गाउँ नै जोखिममा पर्ने खतरा बढेको छ। खेतीयोग्य जमिन कटान हुने समस्या पनि बढ्दै गएको छ भने गाउँ डुब्ने सम्भावना रहेको उनले बताए।

स्थानीयहरूले दैनिक दर्जनौं ट्र्याक्टर र ट्रिपरले बालुवा लैजाने गरेको र धुलोका कारण समस्या झेल्नुपरेको गुनासो गरेका छन्। कहिलेकाहीँ सडकमा पानी छर्किए पनि आवतजावतमा कठिनाइ हुने गरेको उनीहरूको भनाइ छ। स्थानीयले नगरपालिकालाई बारम्बार जानकारी गराए पनि कुनै पहल नभएको आरोप लगाएका छन्।

नगरपालिकाका प्रशासकीय इन्जिनियर गजेन्द्र साहका अनुसार, नगरपालिकाले कात्तिक १५ गते बालुवा निकासीका लागि टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डरको लागत २ लाख ३ हजार ४१२ रुपैयाँ तोकिएको थियो, जसलाई ठेकेदारले २ लाख ५ हजार रुपैयाँमा ठेक्का लिएको उनले जानकारी दिए। तर, स्थानीयले ठेकेदारले मापदण्ड विपरीत बालुवा निकासी गरेको आवाज उठाएपछि नगरपालिकाले बालुवा निकासीमा रोक लगाएको उनले बताए।

हाल ठेकेदारहरूले रतुवामाईको विभिन्न स्थानहरूमा बालुवा भण्डारणसमेत गरेका छन्। सम्बन्धित निकायले बेलैमा ध्यान नदिए बर्खाको समयमा गाउँ नै जोखिममा पर्ने स्थानीयले बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...