News Portal

  • मन्त्रीको चाकडी र घुस दिन नसक्ने भन्दै वीरका चिकित्सकले दिए राजीनामा 

    हिमाली संचार संवाददाता
    ५७० पटक

    काठमाडौं : वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुव अधिकारीले चाकडी र घुस दिन नसक्ने भन्दै राजीनामा दिएका छन् । घुस दिन नसक्दा एक वर्षदेखि तलब नपाएको जनाउँदै उनले आफ्नो राजीनामा सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बुझाएका हुन् ।

    “विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएको छु,” उनले भन्ने “आफु नौ तहमा बढुवा भएको तर सो सरहको तलब एक वर्षसम्म पाईन । बढेको तलब र बढुवाको माग अस्पताल र मन्त्रालयमा गर्दा कुनै चासो देखाएनन्  । त्यसपछि राजिनामा दिएको हुँ ।”

    पटक पटक तलब नपाएको जानकारी गराउँदा पनि मन्त्रालयले बेवास्ता गरेको गुनासो उनको थियो । प्रा.डा. अधिकारीले थपे, “मन्त्रालयका एक कर्मचारीले नेशनल मेडिकल कलेजको त फाइल पास भयो । तपाईँको पनि बढुवा हुन्छ तर पैसा खर्च गर्नुपर्छ भनेर जवाफ दिए  । मलाई चाकडी र घुसको रकम दिएर काम गर्न मन लागेन, अनि राजीनामा दिएँ ।

    “वीर अस्पतालमा आएका चिकित्सक तथा कर्मचारीको २ देखि ३ वर्ष सबै बढुवा भएका छन्  र तलब पनि पाएका छन् तर मैलै एक वर्षदेखि बिनातलब काम गरिरहेको छु,” उनले बताए ।
    चार पटकसम्म उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवलाई भन्दा पनि आफ्नो समस्या समाधान गर्न उनले खासै चासो नदिएको गुनासो उनको छ ।

    वीर अस्पताललाई बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा आफ्नो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दु.ख दिएकोले राजीनामा दिनुपरेको उनले मन्त्रालयमा बुझाएको राजिनामा पत्रमा उल्लेख छ । “चाकडी र घुस समेत मागअनुसार दिन असक्षम हुँदा राजीनामा दिएको हुँ,” उनले राजीनामा पत्रमा कारण देखाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको भनाई भने फरक छ । उनकाअनुसार डा. अधिकारीलाई एक वर्ष अघि नौँ तहमा बढुवा गरी पोखरा सरुवा गरिएको थियो । तर उनी पोखरा गएनन् । त्यसपछि मन्त्रालयले उनलाई काजमा वीर अस्पतालमा राखेको थियो ।

    “कानुन अनुसार पनि वीरमा नै राख्न नमिल्ने भएकाले केही दिन उता हाजिर गरेर आउँनु भनेर  मन्त्रीज्यूले पनि भनुभएको थियो । तर उहाँ जान मान्नुभएन,”  प्रवक्ता श्रेष्ठ भन्छन् “हामीले पनि ऐन विपरित काम गनुभएन् ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १९ गतेको राशिफल

    आज भदौ १९, २०८२ (सेप्टेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जग्गा दर्ताको नाममा घुस माग्दा मालपोत कार्यालयका खरिदार समातिए

    काभ्रेपलाञ्चोक, १८ भदौ – काभ्रे मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान...

    नक्कली भ्याट बिल प्रकरणमा हार्डवेयर व्यवसायी बियानीलाई १ अर्ब ४० करोड जरिवाना र ६ महिना कैद

    विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व...

    राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

    काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता...

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...