News Portal

  • रबि लामिछानेले गरे विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसरको पर्दाफास

    हिमाली संचार संवाददाता
    ९३२ पटक

    काठमाडौं : नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरु सँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।

    भट्टाचार्यकै विद्यार्थी (परिवर्तित नाम) सानीमायालाई दुई वर्षसम्म प्रयोग गरे । १८ वर्षीया सानीमाया अहिले २० वर्षकी भइन् । उनलाई त्यति बृद्ध व्यत्तिले कसरी फसाए सम्झिन सक्दिनन् । तर भट्टचार्याले खिचेका सानिमायाका आपत्ती जनक फोटोहरु देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । तिनै फोटोहरु देखाएर भट्टचार्याले ब्ल्याकमेल गर्न सुरु गरे ।

    छोरी उमेरकी सानिमायाले आफूलाई छाडिदिन बारम्बार विन्ती गरिन् तर भट्टचार्या झन् क्रुर बन्दै गए । भट्टाचार्यले केही बोले, कतै उजुरी गरे तथा भनेको समयमा तोकेको होटलमा नपुगे आफ्नो ल्यापटपमा रहेका नाङ्गो फोटो र भिडियो परिवारमा देखाइदिने भन्दै धम्काउँथे । यति मात्रै होइन बोलाएको ठाउँमा एक मिनेट ढिला पुगे ज्यान मार्ने समेत धम्की दिन्थे ।

    भट्टाचार्य प्रत्येक साता उनलाई राजाधानीको विभिन्न होटलहरुमा लगेर बलात्कार गर्थे, कुटपिट गर्थे । सानिमायालाई कसैसँग पनि कुरा गर्न बन्देज लगाउँथे, उनको फेसबुक आफै चलाउँथे, सिम कार्ड चेन्ज गराइरहन्थे ।कतिसम्म भने भट्टाचार्यको यातना सहन नसकेर सानिमाया आत्महत्यासम्मको सोचमा पुगिन् । तर उनले त्यसअघि एक पटक हाम्रो कार्यालयमा आएर हामीलाई आफ्नो पीडा बताउने अन्तिम विकल्प रोजिन् । र हामीलाई आफ्नो पीडा सुनाउँदै भट्टाचारर्यको कुरुप अनुहारलाई देखाईन् ।

    हामीले सबैै प्रमाण हेरेपछि सानिमायालाई मदत गर्ने सोच्यौं । उक्त दिन पनि भट्टाचार्यले उनलाई दिउँसो ३ बजे काठमाडौंकै एक होटलमा बोलाएका थिए । हामीले उनलाई सँगै लिएर केन्द्रीय अनुशन्धान व्युरो सिआइबी, तथा प्रहरी कार्यालयहरुसग समन्वय ग¥यौं । र हामी उनलाई बोलाइएको होटलमा उनी भन्दा पहिला पुग्यौं । केही बेरमै होटल छिरेका उनले पूर्व निर्धारित कोठा परिर्वतन गरे । कोठा भित्र छिर्ने वित्तिकै फोन किन नउठाएको भन्दै कुटपिट गर्न थाले । कोठा भित्र उनलाई थर्काएको, कुटपिट गरेको आवाज होटल बाहिरैसम्म आएको थियो । कोठा भित्र सानीमाया प्रतिवाद गर्न सक्ने अवस्थामा थिइनन् । सानिमायालाई ढोका खोलेर भाग्न समेत नदिएपछि हामी आफै ढोका खोल भन्दै भित्र छि¥यौं ।

    प्रहरी आउनु पूर्व हामीले सबै प्रमाण देखाई मुद्धा चालाउने भनेपछि उनले सानिमायाको खुट्टामा टाउको राखेर माफी मागे र यो मुद्धा यही सेटल गरौं भन्दै बारम्बार भने । सानिमायाको बयानपछि प्रहरीले बोधीसत्वा भट्टचार्यलाई आफ्नो नियन्त्रणमा लियो र युवतीको जाहेरीपछि उनलाई हिरासतमा राख्यो । अहिले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि भट्टाचार्य माथि अनुसन्धान भइरहेको छ ।

    सानिमाया मात्र होइन भट्टचार्य अन्य युवतीहरुलाई पनि होटलमा ल्याउने गरेका रहेछन् । बोधीसत्व भट्टचार्य एक कु पात्र हुन् । समाजमा यस्ता धेरै व्यत्तिहरु छन् जो सफेद पोशाकमा यसरी किशोरीहरुलाई ब्ल्याकमेल गरि बलात्कार गरिरहेका छन् । फरक यति छ सानीमाया हिम्मत गरेर अघि सरिन्, अन्य धेरैले अझै बोल्न सकेका छैनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...