News Portal

महाकुम्भ मेलामा भागदौड, १४ को मृत्यु, ५० भन्दा बढी घाइते

भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा गएराति करिब १:३० बजे संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

संगीता गुरुङ
२८९ पटक

काठमाडौं – भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा गएराति करिब १:३० बजे संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।

दैनिक भास्करका अनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पठाइएको छ। तर, प्रशासनले आधिकारिक रूपमा मृत्यु वा घाइतेहरूको संख्या सार्वजनिक गरेको छैन।

घटनापछि प्रशासनले अत्यधिक भीडलाई नियन्त्रण गर्न अमृत स्नान रद्द गर्ने निर्णय गरेको छ। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीका अनुसार सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो।

यस घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन वार्ता गरी दुर्घटनाबारे जानकारी लिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार भीडको हुलमा केही महिलाहरू लडेपछि भागदौड सुरु भएको थियो। मानिसहरू एकअर्कालाई कुल्चिँदै अगाडि बढ्दा दुर्घटना भयावह बनेको हो।

घटनापछि तत्काल ७० भन्दा बढी एम्बुलेन्स घटनास्थलमा पुगेका थिए, जसमार्फत घाइते र मृतकहरूलाई अस्पताल लगिएको थियो।

सुरक्षा व्यवस्थालाई थप कडा बनाउन एनएसजी कमाण्डोहरूलाई तैनाथ गरिएको छ भने संगम किनार र आसपासको क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ। भक्तजनहरूको चाप नियन्त्रण गर्न प्रयागराजका सिमानामा पनि आवागमन सीमित गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...