News Portal

ठगी अभियोगमा जनकपुरबाट दुईजना पक्राउ

हिमाली संचार संवाददाता
६८१ पटक

जनकपुर : धनुषामा ठगीको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप महानगरपालिका १ बाट अपराधमुक्त समाज नेपालको नाममा ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको थाहाखबरले जनाएको छ।

पक्राउ पर्नेमा सिरहा जिल्ला सिरहा नगरपालिका २१ बस्ने २७ वर्षीय अनिलकुमार मण्डल र धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने २२ वर्षीया नितु मण्डल रहेका छन्। पक्राउ परेका दुवै जनाले जनकपुरधाम १ स्थित सूर्यनारायण यादवको घरमा भाडामा कोठा लिई अपराधमुक्त समाज नेपालको सम्पर्क कार्यालय खोली ठगी गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेकाे हाे। पक्राउ परेका उनीहरू दुवै जनालाई ठगी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

पक्राउ परेका व्यक्तिहरूको साथबाट अपराधमुक्त समाज नेपालको विधानको प्रतिलिपि, नगद तीनलाख ४५ हजार रुपैयाँ, नाम लिष्ट भएको रजिष्टर लगायतका कागजातहरू बरामद भएको छ। यस अघि पनि उनीहरूले ट्रष्ट ओभरसिज र रिभर ओभरिसज मेनपावरको नाममा विभिन्न व्यक्तिहरूलाई विदेश पठाई दिन्छु भनी ठगी गरेको प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका ८ स्थित ग्राण्ड होटलमा कोठा लिई रिभर ओभरसिज मेनपावरको व्यानरसमेत राखी चन्द्रिका मेडिकल पोली क्लिनिकमा मेडिकल परीक्षण समेत गराई ठगी गर्दै आएको जनाइएकाे छ। पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार ठगी गरेको हुँदा बरामद सम्पूर्ण कागजात र नगद रकम ६४ हजार ५०० सहित आवश्यक कारवाहीको लागी वैदेशिक रोजगार विभाग काठमाडाैंमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...