News Portal

  • ठगी अभियोगमा जनकपुरबाट दुईजना पक्राउ

    हिमाली संचार संवाददाता
    ५८९ पटक

    जनकपुर : धनुषामा ठगीको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको जनकपुरधाम उप महानगरपालिका १ बाट अपराधमुक्त समाज नेपालको नाममा ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको थाहाखबरले जनाएको छ।

    पक्राउ पर्नेमा सिरहा जिल्ला सिरहा नगरपालिका २१ बस्ने २७ वर्षीय अनिलकुमार मण्डल र धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने २२ वर्षीया नितु मण्डल रहेका छन्। पक्राउ परेका दुवै जनाले जनकपुरधाम १ स्थित सूर्यनारायण यादवको घरमा भाडामा कोठा लिई अपराधमुक्त समाज नेपालको सम्पर्क कार्यालय खोली ठगी गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेकाे हाे। पक्राउ परेका उनीहरू दुवै जनालाई ठगी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

    पक्राउ परेका व्यक्तिहरूको साथबाट अपराधमुक्त समाज नेपालको विधानको प्रतिलिपि, नगद तीनलाख ४५ हजार रुपैयाँ, नाम लिष्ट भएको रजिष्टर लगायतका कागजातहरू बरामद भएको छ। यस अघि पनि उनीहरूले ट्रष्ट ओभरसिज र रिभर ओभरिसज मेनपावरको नाममा विभिन्न व्यक्तिहरूलाई विदेश पठाई दिन्छु भनी ठगी गरेको प्रहरीले जनाएको छ।

    जनकपुरधाम उपमहानगरपालिका ८ स्थित ग्राण्ड होटलमा कोठा लिई रिभर ओभरसिज मेनपावरको व्यानरसमेत राखी चन्द्रिका मेडिकल पोली क्लिनिकमा मेडिकल परीक्षण समेत गराई ठगी गर्दै आएको जनाइएकाे छ। पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार ठगी गरेको हुँदा बरामद सम्पूर्ण कागजात र नगद रकम ६४ हजार ५०० सहित आवश्यक कारवाहीको लागी वैदेशिक रोजगार विभाग काठमाडाैंमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...