News Portal

चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा हलचल मच्चायो

चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा हलचल मच्चाएको छ।

संगीता गुरुङ
२३९ पटक

माघ १५, काठमाडौं – चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा ठूलो प्रभाव पारेको छ। कम लागतमा तयार गरिएको यो एआई च्याटबोटले वाल स्ट्रीटमा झटका दिएको छ, जसका कारण प्रमुखअमेरिकी कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको छ।

विशेष गरी, एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलरभन्दा बढीको नोक्सानी भएको छ। सोमबार बजार खुल्ने बित्तिकै अन्य प्रमुख अमेरिकी कम्पनीहरूको शेयर मूल्य पनि घट्न थालेको थियो।

गत हप्ता मात्र लन्च गरिएको ‘डीपसीक’ एप चाँडै नै अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको सस्तो एपको रूपमा दरिएको छ। यसले च्याटजीपीटी लगायत अन्य प्रतिस्पर्धीहरुलाई पछि पारेको छ।

‘डीपसीक’लाई उसका प्रतिस्पर्धीहरूको लागतको एक अंशमा मात्र विकास गरिएको हो। यसले अमेरिकी एआई प्रभूत्वको भविष्य र अमेरिकी कम्पनीहरूको लगानी योजनामा गम्भीर प्रश्न उठाएको छ।

विश्लेषकहरूले ‘डीपसीक’को सफलताले विश्वभरि एआई बजारमा नयाँ प्रतिस्पर्धा सुरु हुने संकेत देखाएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...