News Portal

चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा हलचल मच्चायो

चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा हलचल मच्चाएको छ।

संगीता गुरुङ
३४७ पटक

माघ १५, काठमाडौं – चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा ठूलो प्रभाव पारेको छ। कम लागतमा तयार गरिएको यो एआई च्याटबोटले वाल स्ट्रीटमा झटका दिएको छ, जसका कारण प्रमुखअमेरिकी कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको छ।

विशेष गरी, एनभिडियाको बजार मूल्यमा ५०० बिलियन डलरभन्दा बढीको नोक्सानी भएको छ। सोमबार बजार खुल्ने बित्तिकै अन्य प्रमुख अमेरिकी कम्पनीहरूको शेयर मूल्य पनि घट्न थालेको थियो।

गत हप्ता मात्र लन्च गरिएको ‘डीपसीक’ एप चाँडै नै अमेरिकामा सबैभन्दा धेरै डाउनलोड गरिएको सस्तो एपको रूपमा दरिएको छ। यसले च्याटजीपीटी लगायत अन्य प्रतिस्पर्धीहरुलाई पछि पारेको छ।

‘डीपसीक’लाई उसका प्रतिस्पर्धीहरूको लागतको एक अंशमा मात्र विकास गरिएको हो। यसले अमेरिकी एआई प्रभूत्वको भविष्य र अमेरिकी कम्पनीहरूको लगानी योजनामा गम्भीर प्रश्न उठाएको छ।

विश्लेषकहरूले ‘डीपसीक’को सफलताले विश्वभरि एआई बजारमा नयाँ प्रतिस्पर्धा सुरु हुने संकेत देखाएका छन्।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...