आज : २०२६-०८-१०, सोमबार

मण्डली भू.पू.विद्यार्थी क्लवले रक्तदान कार्यक्रम गर्ने 

माघ १४, काठमाडौं – मण्डली भू.पू. विद्यार्थी क्लबको कार्यसमिति निर्णय अनुसार, २०८१ माघ १९ गते (शनिवार) नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा र टाइनी सीड्स प्री स्कूलको सहकार्यमा क्लबले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।

तसर्थ, क्लबले सम्पूर्ण आजीवन सदस्यज्यूहरू तथा सम्माननीय व्यक्तित्वहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न हार्दिक अनुरोध गर्दछ।

 

कार्यक्रमको विवरण

स्थान: टाइनी सीड्स प्री स्कूल, खुसिबुं (छहारी सहकारी र च:मति पुल नजिकै)

समय: बिहान ९:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

गुगल म्याप लिंक: https://g.co/kgs/VLrNK3F

आउनुहोस्, रक्तदान गरौँ र जीवन बचाऔँ।

रक्तदान जीवनदान हो!