News Portal

  • ‘पूर्णबहादुरको सारंगी २’ र ‘रोल नं. १’ निर्माण घोषणा

    सुपरहिट फिल्म पूर्णबहादुरको सारंगी का निर्माता विनोद पौडेलले आइतबार आयोजित विशेष कार्यक्रममा पूर्णबहादुरको सारंगी २ र रोल नं. १ निर्माणको घोषणा गरेका छन्।

    संगीता गुरुङ
    २१२ पटक

    माघ १४, काठमाडौं— सुपरहिट फिल्म पूर्णबहादुरको सारंगी का निर्माता विनोद पौडेलले दुई नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। आइतबार आयोजित विशेष कार्यक्रममा पूर्णबहादुरको सारंगी २ र रोल नं. १ निर्माण हुने जानकारी दिइएको हो।

    कार्यक्रममा निर्माता कम्पनी सभेन सिजको नयाँ लोगो समेत सार्वजनिक गरियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको आधिकारिक लोगो अनावरण गरेका थिए।

    सरोज पौडेल निर्देशित पूर्णबहादुरको सारंगी ले नेपाली बक्स अफिसमा करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै ठूलो सफलता हासिल गरेको थियो। फिल्म सफलताको अवसरमा आयोजित कार्यक्रममा फिल्म निर्माण टिमलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

    विनोद पौडेल र प्याट्रिक सुवेदी निर्मातामा रहेको यस फिल्ममा विजय बराल, प्रकाश सपुत, अञ्जना बराईली, अलिसा बास्तोला, मुकुन भुसाल र बुद्धि तामाङले अभिनय गरेका थिए। नयाँ घोषणा गरिएको फिल्महरूले पनि नेपाली सिने उद्योगमा ठूलो अपेक्षा बोक्ने विश्वास गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...