News Portal

‘पूर्णबहादुरको सारंगी २’ र ‘रोल नं. १’ निर्माण घोषणा

सुपरहिट फिल्म पूर्णबहादुरको सारंगी का निर्माता विनोद पौडेलले आइतबार आयोजित विशेष कार्यक्रममा पूर्णबहादुरको सारंगी २ र रोल नं. १ निर्माणको घोषणा गरेका छन्।

संगीता गुरुङ
२४८ पटक

माघ १४, काठमाडौं— सुपरहिट फिल्म पूर्णबहादुरको सारंगी का निर्माता विनोद पौडेलले दुई नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। आइतबार आयोजित विशेष कार्यक्रममा पूर्णबहादुरको सारंगी २ र रोल नं. १ निर्माण हुने जानकारी दिइएको हो।

कार्यक्रममा निर्माता कम्पनी सभेन सिजको नयाँ लोगो समेत सार्वजनिक गरियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको आधिकारिक लोगो अनावरण गरेका थिए।

सरोज पौडेल निर्देशित पूर्णबहादुरको सारंगी ले नेपाली बक्स अफिसमा करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै ठूलो सफलता हासिल गरेको थियो। फिल्म सफलताको अवसरमा आयोजित कार्यक्रममा फिल्म निर्माण टिमलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

विनोद पौडेल र प्याट्रिक सुवेदी निर्मातामा रहेको यस फिल्ममा विजय बराल, प्रकाश सपुत, अञ्जना बराईली, अलिसा बास्तोला, मुकुन भुसाल र बुद्धि तामाङले अभिनय गरेका थिए। नयाँ घोषणा गरिएको फिल्महरूले पनि नेपाली सिने उद्योगमा ठूलो अपेक्षा बोक्ने विश्वास गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...