News Portal

  • अछाममा दुई किशोरीको शव जंगलमा फेला, वीभत्स घटनाबारे अनुसन्धान जारी

    अछामको ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    संगीता गुरुङ
    १४८ पटक

    माघ १३, अछाम – ढकारी गाउँपालिका–८ स्थित जंगलमा दुई किशोरीको शव फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    शुक्रबार बिहान घरबाट बाख्रा चराउन निस्केका सरस्वती खड्का (१४) र ईश्वरी खड्का (१५) शनिबार साँझ ७ बजे मृत अवस्थामा फेला परेका हुन्।

    स्थानीयका अनुसार दुवै किशोरी बाख्रा चराउन जंगल गएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएपछि खोजीकार्य सुरु गरिएको थियो। खोजी गर्ने क्रममा शनिबार साँझ उनीहरूको शव जंगलमा भेटिएको हो।

    घटनाबारे खबर प्राप्त भएपछि प्रहरीको टोली राति ९ बजे घटनास्थल पुगेको थियो। आइतबार बिहान प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सशस्त्र प्रहरी बलसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ।

    अछाम प्रहरीका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार दुवै जनाको शव पोष्टमर्टमका लागि नेपालगन्ज लैजाने तयारी भइरहेको छ। उनले भने, “घटनाबारे हाल कुनै निष्कर्षमा पुगिएको छैन। अनुसन्धानमा कोहलपुरबाट तालिमप्राप्त कुकुरसमेत प्रयोग भइरहेको छ।”

    ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले घटनालाई वीभत्स भनेका छन्। “दुवै जनाको शवको अवस्था हेर्दा चिप्लेर लडेको जस्तो देखिँदैन। उनीहरूको शरीरमा चोटपटक देखिएको छ। लुगा च्यातिएको छ, र घटनास्थललाई नियाल्दा उनीहरूलाई अन्यत्रै हत्या गरेर यहाँ ल्याएको हुनसक्छ,” अध्यक्ष साउदले बताए।

    मृतक दुवै किशोरी कक्षा ८ मा अध्ययनरत थिए। उनीहरूका बुबा भारतमा छन्। गाउँपालिकाले घटनाबारे गम्भीर अनुसन्धान गर्न माग गरेको छ।

    पोष्टमर्टम रिपोर्टपछि घटनाको वास्तविकता बाहिर आउने आशा गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...

    देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प, बिरामीहरू उपचारविना फर्कन बाध्य

    काठमाडौं, असार २३ – उपभोक्ता अदालतको पछिल्लो आदेशविरुद्ध नेपाल चिकित्सक संघको अगुवाइमा सुरु भएको आन्दोलनका...

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...