News Portal

एनएमबि बैंकमा चोरी प्रयास: आफ्नै खातावाला पक्राउ

तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा नियमित खातावाला चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

संगीता गुरुङ
२४० पटक

माघ १३, दाङ – तुलसीपुर उपमहानगरपालिका–५ स्थित एनएमबि बैंकको शाखामा चोरी प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकका आफ्नै खातावाला रहेका तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई आज (आइतबार) बिहान २ बजेतिर चोरीको प्रयासकै क्रममा नियन्त्रणमा लिइएको हो। चौधरीले बैंकको ताला फोडेर प्रवेश गरेका थिए। उनका साथबाट हतौडा, छिनो, पिलास र ह्वाक्सा ब्लेडजस्ता सामग्री बरामद गरिएको छ। चोरीको उद्देश्यले उनी बैंक नजिकै रा ५ प ९७९ नम्बरको स्कुटर पार्किङ गरेर आएका थिए।

बैंकका शाखा प्रबन्धक सबिन अधिकारीका अनुसार चौधरी एनएमबि बैंकका नियमित खातावाला थिए। उनी नियमित रूपमा बैंकमा पैसा जम्मा गर्ने र झिक्ने गर्दथे। यस क्रममा उनले राति बैंकमा सुरक्षा गार्ड नरहने जानकारी पाएपछि चोरीको योजना बनाएको अनुसन्धानबाट खुलेको छ। चौधरीले प्रहरीलाई खुट्टाको उपचार गर्न आर्थिक अभाव भएपछि चोरी गर्नुपरेको प्रारम्भिक बयान दिएका छन्। उनका अनुसार ठूलो परिमाणमा पैसा चोरी गरेर उपचार गर्ने सोचले उनले यस्तो योजना बनाएका थिए।

एनएमबि बैंक प्राविधिक रूपमा सुरक्षित रहेको र चोरीको प्रयास हुँदा सिसिटिभी तथा केन्द्रबाट अनुगमन प्रणालीले खतराको संकेत दिएको शाखा प्रबन्धक अधिकारीले जानकारी दिए। चौधरीले ताला फोडेर भित्र छिर्दा बैंकको केन्द्रीय कार्यालयमा खतरा जनाउने रेड सिग्नल पुगेपछि तत्कालै घोराहीस्थित जिल्ला प्रहरी कार्यालयलाई खबर गरिएको थियो। सो सूचना पाएपछि घोराहीबाट इप्रका तुलसीपुरलाई निर्देशन दिइएको थियो। प्रहरी निरीक्षक विनोद खत्री नेतृत्वको टोलीले घटनास्थलमा पुगेपछि बैंक नजिकै पार्किङ गरिएको स्कुटर फेला पारेको थियो। अनुसन्धान गर्दा स्कुटर चौधरीकै भएको खुलेको हो।

चौधरीले प्रारम्भिक बयान दिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...