News Portal

भ्रष्टाचारको आरोपमा निसान मोटरका अध्यक्ष पक्राउ

हिमाली संचार संवाददाता
५२३ पटक

काठमाडौं : जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ ।

कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) हुन् । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

भ्रष्टाचारको आरोप लागेकाले सम्भव कार्लोसलाई प्रमुख पदबाट हटाइने समाचार एजेन्सीहरुले जनाएका छन् । निसान कम्पनीकै एक डाइरेक्टर ग्रेग केलीलाई पनि भ्रष्टाचार आरोप लागेको छ । उनलाई पनि त्यस्तै प्रकृतिको कारबाही हुने समाचारमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...