News Portal

भ्रष्टाचारको आरोपमा निसान मोटरका अध्यक्ष पक्राउ

हिमाली संचार संवाददाता
५५९ पटक

काठमाडौं : जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो ।

६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र कम्पनीको आम्दानीलाई निजी प्रयोगमा खर्च गरेको आरोप लागेको छ ।

कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) हुन् । कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन् ।

सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो । त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए । निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ ।

भ्रष्टाचारको आरोप लागेकाले सम्भव कार्लोसलाई प्रमुख पदबाट हटाइने समाचार एजेन्सीहरुले जनाएका छन् । निसान कम्पनीकै एक डाइरेक्टर ग्रेग केलीलाई पनि भ्रष्टाचार आरोप लागेको छ । उनलाई पनि त्यस्तै प्रकृतिको कारबाही हुने समाचारमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...