News Portal

  • ग्यास विक्रेता महासंघ नेपालको ११औँ वार्षिक साधारण सभा तथा छैठौं राष्ट्रिय महाधिवेसन सम्पन्न

    ग्यास विक्रेता महासंघ नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) स्वयम्भुको ठूलो भर्याङमा सम्पन्न भएको छ।

    संगीता गुरुङ
    २८० पटक

    माघ १२, काठमाडौं – ग्यास विक्रेता महासंघ नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) स्वयम्भुको ठूलो भर्याङमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपाल सरकारका वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्कीले गरेका थिए।

    कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डे, र ग्यास विक्रेता महासंघ नेपालका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल जस्ता विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

    त्यसैगरी, एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी, नेपाल आयल निगमका उपनिर्देशक जगदीश ज्यू, नेपाल उद्योग महासंघका कार्यकारी सदस्य नरेश लाल श्रेष्ठ, उपभोक्ता संरक्षण परिषदका सदस्य माधव तिमिल्सिना, र नेपाल वितरक संघका रामहरी घिमिरेलगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरूले कार्यक्रमलाई थप गरिमा प्रदान गरेका थिए।

    सभामा ग्यास उद्योगको वर्तमान अवस्था, व्यवसायी तथा विक्रेताहरूले सामना गरेका चुनौतीहरू, र समाधानका उपायहरू माथि गहन छलफल भएको थियो। महासंघका अध्यक्ष चन्द्र थापाले ग्यास विक्रेता महासंघले ग्यासको कमिसन ३० रुपैयाँबाट ५० रुपैयाँ पुर्याउन सफल भएको स्मरण गर्दै झन्झटिलो प्रणाली हटाएर सोचलित मूल्य प्रणाली अपनाउनुपर्नेमा जोड दिए। उनले व्यवसायलाई टिकाउ र व्यवहारिक बनाउन आवश्यक नीतिहरू अवलम्बन गर्न सरकारलाई आग्रह गरे। थापाले स्वदेशी उद्योगहरू धरासायी बन्दै गएको, युवाहरू विदेश पलायन भइरहेको, र झन्झटिलो नीतिका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै विक्रेताहरूको स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने माग पनि राखे।

    नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले ग्यासको मनलाग्दी मूल्य तोक्न नहुने र कालोबजारी ऐन खारेज भए पनि ग्यासमा लगाइएको १३ प्रतिशत कर घटाएर २ देखि ३ प्रतिशतमा झार्नुपर्ने आवश्यकता औंल्याए। प्रमुख अतिथि गोविन्द बहादुर कार्कीले विद्युतीय उपकरणहरूको प्रयोग बढ्दै गएपछि ग्यास र पेट्रोलियम पदार्थको आयात घटिरहेको जानकारी दिए। सहभागी व्यवसायीहरूले झन्झटिलो नीति परिवर्तन गर्दै व्यवसायको वातावरण सुधार्न सरकारलाई ठोस कदम चाल्न आग्रह गरे।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...