News Portal

ग्यास विक्रेता महासंघ नेपालको ११औँ वार्षिक साधारण सभा तथा छैठौं राष्ट्रिय महाधिवेसन सम्पन्न

ग्यास विक्रेता महासंघ नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) स्वयम्भुको ठूलो भर्याङमा सम्पन्न भएको छ।

संगीता गुरुङ
३५० पटक

माघ १२, काठमाडौं – ग्यास विक्रेता महासंघ नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) स्वयम्भुको ठूलो भर्याङमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेपाल सरकारका वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्कीले गरेका थिए।

कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डे, र ग्यास विक्रेता महासंघ नेपालका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल जस्ता विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

त्यसैगरी, एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी, नेपाल आयल निगमका उपनिर्देशक जगदीश ज्यू, नेपाल उद्योग महासंघका कार्यकारी सदस्य नरेश लाल श्रेष्ठ, उपभोक्ता संरक्षण परिषदका सदस्य माधव तिमिल्सिना, र नेपाल वितरक संघका रामहरी घिमिरेलगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरूले कार्यक्रमलाई थप गरिमा प्रदान गरेका थिए।

सभामा ग्यास उद्योगको वर्तमान अवस्था, व्यवसायी तथा विक्रेताहरूले सामना गरेका चुनौतीहरू, र समाधानका उपायहरू माथि गहन छलफल भएको थियो। महासंघका अध्यक्ष चन्द्र थापाले ग्यास विक्रेता महासंघले ग्यासको कमिसन ३० रुपैयाँबाट ५० रुपैयाँ पुर्याउन सफल भएको स्मरण गर्दै झन्झटिलो प्रणाली हटाएर सोचलित मूल्य प्रणाली अपनाउनुपर्नेमा जोड दिए। उनले व्यवसायलाई टिकाउ र व्यवहारिक बनाउन आवश्यक नीतिहरू अवलम्बन गर्न सरकारलाई आग्रह गरे। थापाले स्वदेशी उद्योगहरू धरासायी बन्दै गएको, युवाहरू विदेश पलायन भइरहेको, र झन्झटिलो नीतिका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्दै विक्रेताहरूको स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने माग पनि राखे।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले ग्यासको मनलाग्दी मूल्य तोक्न नहुने र कालोबजारी ऐन खारेज भए पनि ग्यासमा लगाइएको १३ प्रतिशत कर घटाएर २ देखि ३ प्रतिशतमा झार्नुपर्ने आवश्यकता औंल्याए। प्रमुख अतिथि गोविन्द बहादुर कार्कीले विद्युतीय उपकरणहरूको प्रयोग बढ्दै गएपछि ग्यास र पेट्रोलियम पदार्थको आयात घटिरहेको जानकारी दिए। सहभागी व्यवसायीहरूले झन्झटिलो नीति परिवर्तन गर्दै व्यवसायको वातावरण सुधार्न सरकारलाई ठोस कदम चाल्न आग्रह गरे।

 

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...