News Portal

रुपन्देहीमा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद

सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद गरेको छ।

संगीता गुरुङ
३०५ पटक

माघ ११, रुपन्देही – सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाखभन्दा बढी रकम बरामद गरेको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म डण्डाको चेकप्वाइन्ट टोलीले बिहीबार चेकजाँचका क्रममा उक्त रकम फेला पारेको हो।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १, डण्डा क्षेत्रबाट लु ९२ प ३५४६ नम्बरको स्कुटरमा सवार व्यक्तिबाट २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र १ हजार ५४० रुपैयाँ भारतीय रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उक्त रकम भारतको महाराजगञ्ज, नौतनवा ग्रामपञ्चायत वडा नम्बर ४ का २३ वर्षीय अभिषेक अग्रहरीले आफ्नो शरीरमा लुकाएर ल्याएको अवस्थामा फेला परेको थियो।

सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीका प्रमुख एसपी आनन्द थापा मगरका अनुसार नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको हो।

बरामद रकम, स्कुटर र पक्राउ परेका अभिषेक अग्रहरीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको एसपी थापाले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...