News Portal

कपिल शर्मा, राजपाल यादवलगायत सेलिब्रेटीहरूलाई लक्षित धम्कीपूर्ण इमेल

कपिल शर्मा, राजपाल यादवलगायत सेलिब्रेटीहरूलाई लक्षित धम्कीपूर्ण इमेल आएको छ।

संगीता गुरुङ
१७८ पटक

नयाँ दिल्ली – हास्य कलाकार कपिल शर्मा, अभिनेता राजपाल यादव, गायिका तथा हास्य कलाकार सुगंधा मिश्रा, र नृत्य निर्देशक रेमो डिसुजालाई ज्यान मार्ने धम्की दिइएको इमेल आएको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो इमेल पाकिस्तानबाट पठाइएको आशंका गरिएको छ। यी सेलिब्रेटीहरू मात्र नभई उनीहरूका नजिकका आफन्त र परिवारलाई समेत लक्षित गर्दै इमेलमा धम्की दिइएको छ। मुम्बईको अम्बोली प्रहरीमा यसबारे उजुरी दर्ता गरिएको छ भने, भारतीय दण्ड संहिता अन्तर्गत धारा ३५१ (३) लागाएर मुद्दा अघि बढाइएको छ।

मिडिया रिपोर्टका अनुसार, विष्णु नाम गरेका व्यक्तिबाट पठाइएको इमेलमा आठ घण्टाभित्र प्रतिक्रिया दिन चेतावनी दिइएको थियो। इमेलमा भनिएको छ, “हामी यो प्रचारका लागि गरिरहेका छैनौं। हामीसँग तपाईंका सबै गतिविधिका जानकारी छन्। तपाईंले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्नेछ। यदि आठ घण्टाभित्र कुनै प्रतिक्रिया आएन भने हामी तपाईंलाई लापरवाह ठान्नेछौं।” प्रहरीका अनुसार इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पुष्टि भएको छ।

प्रहरीले इमेलका प्राविधिक पक्षहरूको आधारमा अनुसन्धान गरिरहेको छ। हालसम्म कपिल शर्मा, राजपाल यादव वा अन्य सेलिब्रेटीहरूले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। पछिल्ला घटनाले बलिउड कलाकारहरूको सुरक्षामा चुनौती थपेको छ भने, प्रहरीले यस मामिलाको छानबिनलाई तीव्रता दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...