News Portal

कपिल शर्मा, राजपाल यादवलगायत सेलिब्रेटीहरूलाई लक्षित धम्कीपूर्ण इमेल

कपिल शर्मा, राजपाल यादवलगायत सेलिब्रेटीहरूलाई लक्षित धम्कीपूर्ण इमेल आएको छ।

संगीता गुरुङ
२१५ पटक

नयाँ दिल्ली – हास्य कलाकार कपिल शर्मा, अभिनेता राजपाल यादव, गायिका तथा हास्य कलाकार सुगंधा मिश्रा, र नृत्य निर्देशक रेमो डिसुजालाई ज्यान मार्ने धम्की दिइएको इमेल आएको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो इमेल पाकिस्तानबाट पठाइएको आशंका गरिएको छ। यी सेलिब्रेटीहरू मात्र नभई उनीहरूका नजिकका आफन्त र परिवारलाई समेत लक्षित गर्दै इमेलमा धम्की दिइएको छ। मुम्बईको अम्बोली प्रहरीमा यसबारे उजुरी दर्ता गरिएको छ भने, भारतीय दण्ड संहिता अन्तर्गत धारा ३५१ (३) लागाएर मुद्दा अघि बढाइएको छ।

मिडिया रिपोर्टका अनुसार, विष्णु नाम गरेका व्यक्तिबाट पठाइएको इमेलमा आठ घण्टाभित्र प्रतिक्रिया दिन चेतावनी दिइएको थियो। इमेलमा भनिएको छ, “हामी यो प्रचारका लागि गरिरहेका छैनौं। हामीसँग तपाईंका सबै गतिविधिका जानकारी छन्। तपाईंले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्नेछ। यदि आठ घण्टाभित्र कुनै प्रतिक्रिया आएन भने हामी तपाईंलाई लापरवाह ठान्नेछौं।” प्रहरीका अनुसार इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पुष्टि भएको छ।

प्रहरीले इमेलका प्राविधिक पक्षहरूको आधारमा अनुसन्धान गरिरहेको छ। हालसम्म कपिल शर्मा, राजपाल यादव वा अन्य सेलिब्रेटीहरूले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। पछिल्ला घटनाले बलिउड कलाकारहरूको सुरक्षामा चुनौती थपेको छ भने, प्रहरीले यस मामिलाको छानबिनलाई तीव्रता दिएको छ।

प्रतिकृया दिनुहोस्

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...