News Portal

मानव बेचबिखनमा फरार प्रतिवादी विनोद पौडेल पक्राउ, नेपाल फिर्ता

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी विनोद पौडेल पक्राउ परेका छन्।

संगीता गुरुङ
२८२ पटक

माघ १०, काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी विनोद पौडेल पक्राउ परेका छन्।

बर्दिया, बढैयाताल गाउँपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्दै आएका पौडेललाई ओमानमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो। नेपाल प्रहरीको इन्टरपोल शाखाका अनुसार, एनसीबी अबु मस्कट ओमानको समन्वयमा उनी ओमानमा पक्राउ परेका थिए।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेका उनलाई २०८१ पुस १२ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...