News Portal

मानव बेचबिखनमा फरार प्रतिवादी विनोद पौडेल पक्राउ, नेपाल फिर्ता

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी विनोद पौडेल पक्राउ परेका छन्।

संगीता गुरुङ
२१६ पटक

माघ १०, काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका फरार प्रतिवादी विनोद पौडेल पक्राउ परेका छन्।

बर्दिया, बढैयाताल गाउँपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्दै आएका पौडेललाई ओमानमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो। नेपाल प्रहरीको इन्टरपोल शाखाका अनुसार, एनसीबी अबु मस्कट ओमानको समन्वयमा उनी ओमानमा पक्राउ परेका थिए।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेका उनलाई २०८१ पुस १२ गते नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले रेड नोटिस जारी गरेको थियो।

पक्राउ परेका पौडेललाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...