News Portal

सुप्रिम सहकारी मुद्दामा रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू

सुप्रिम सहकारी बचत अपचलन मुद्दामा रवि लामिछानेको थुनछेक बहस आजदेखि जिल्ला अदालत रूपन्देहीमा सुरू हुने भएको छ।

संगीता गुरुङ
१९९ पटक

बुटवल, माघ १० – सुप्रिम सहकारी बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि जिल्ला अदालत रूपन्देहीमा सुरू हुने भएको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा बहस हुनेछ।

सरकारी वकिलहरूको बहसपछि सहकारी पीडित पक्षका वकिलले आफ्नो पक्ष प्रस्तुत गर्नेछन्। त्यसपछि लामिछानेको पक्षका वकिलहरूको पालो हुनेछ। थुनछेक बहसका लागि १२ जना भन्दा बढी सरकारी वकिलले बहस गर्ने तयारी गरेका छन्।

पीडित पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। उनीहरू रूपन्देहीमा उपस्थित भइसकेका छन्। यता, लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन्। उनका साथमा नारायण घिमिरे, सुशिल पन्त, र बुटवल बारका अध्यक्ष गोविन्द मरासिनी लगायतका कानूनी व्यवसायी पनि रहनेछन्।

सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए। त्यस दिन दिउँसो २ बजे न्यायाधीश योगीले लामिछानेसँग बयान लिएका थिए। बयानपछि उनलाई बिहीबार बिहान १० बजे हाजिर हुने सर्तमा श्रीमती र वकिलको जिम्मा लगाएर छाडिएको थियो।

यो प्रकरणमा लामिछानेसहित १४ जना, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध मुद्दा दायर भएको छ। यसअघि कास्की र काठमाडौं अदालतले लामिछानेलाई क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा गरेको थियो।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...