News Portal

गैरहाजिर भएका १५ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन, कारबाहीको चेतावनी

नेपाल प्रहरीले कार्यालयमा आफूखुसी गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन, समयभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावली अनुसार कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

संगीता गुरुङ
१६१ पटक

माघ १०, काठमाडौं – नेपाल प्रहरीले कार्यालयमा आफूखुसी गैरहाजिर रहेका १५ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारणसहित स्पष्टीकरण पेश गर्न आदेश दिएको हो।

सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार कडा कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

गैरहाजिर हुनेहरूमा प्रहरी हबलदार रघुनाथ हजाम, सहायक हबलदार धनबहादुर कार्की र चेतन महरा, साथै प्रहरी जवान कृष्ण गिरी, मित्र योञ्जन, रुपक साउद, खेमराज राना लगायत छन्।

त्यस्तै, असलम मिया भाइ, दिलिप कुमार साह, राजेश कुमार साह, रामबहादुर माझी, शम्भु विश्वकर्मा, अर्जुन कुमार पुनमगर, गोपाल थारु र कार्यालय सहयोगी लक्ष्मण थापालाई पनि तुरुन्तै कार्यालयमा हाजिर हुन भनिएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा नियम तोड्नेहरूमाथि कठोर कदम चालिने स्पष्ट चेतावनी दिइएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...