News Portal

ठकुरी सहयोग संजाल बाँकेले गर्‍यो जाजरकोटको ऎतिहासिक दरबारको दृश्य अबलोकन

हिमाली संचार संवाददाता
११२० पटक

बाँके : ठकुरी सहयोग संजाल बाँकेद्वारा शैक्षिक परियोजना अन्तर्गत खेलिएको “देउसी भैलो” रकमबाट संकलन देउसी भैलो खर्च कटाई उक्त रकमको २५% र बाकी नपुग सम्पुर्ण रकम लगभग ( ३००००) तीस हजार जति संजाल बाकेका (संरक्षक ) उपाध्यक्ष देब बहादुर शाहीको सहयोगार्थमा २ दिने जाजरकोट शैक्षिक भ्रमण गरिएको छ।

ऎतिहासिक दरबारको दृश्य अबलोकन सम्पन्न भएको छ भने जाजरकोट ऎतिहासिक दरबार सरसफाइ, अबलोकन, स्थलगत भ्रमणको जानकारीका साथै भेटघाट कार्यक्रम जाजरकोटी ठकुरीहरू बीच भेटघाट तथा जाजरकोटी शाह वंशियको कुलदेवता बटुक भैरब मन्दिर अवोलकन तथा सरसफाई गर्नुका साथै प्रदेश न.५ को आयोजनामा प्रदेश प्रमुख संयोग जंग शाह र ठकुरी सहयोग संजाल बाँकेको सह-आयोजकमा अध्यक्ष दिपक बहादुर शाहीको अध्यक्षतामा जाजरकोट जिल्लाका जिल्ला प्रमुख अधिकारी अतिथिमा, बिशिस्ट अतिथि भु. पु .खाध्य तथा आपूर्ति मन्त्री (शाह परिवारका जेष्ठ नागरिक) तेज बिक्रम शाह लगायत बिशिस्ट बुद्धिजीवी, नागरिक समाजका ठकुरी अगुवा लगाएत पत्रकारहरूको बाक्लो उपस्थितिका साथै जाजरकोटि शाहहरु बिच जि.स.स.जाजरकोटको सभा हलमा सम्पन्न भयो।

मुलुक को दोस्रो ठकुरी जनसंख्या भएको जिल्ला जाजरकोट थुप्परै एेतिहासिक, पर्यटकिय सम्भावना बोकेको नजिकको पहाडी जिल्ला भएको हुदा, बाँके जिल्लाका ठकुरीलाई शैक्षिक भ्रमण तथा भेटघाट कार्यक्रम गराईएको हो । मुलुकको नयाँ भौगोलिक संरचना अनुसार प्रदेश नं ६ ठकुरीहरूको बाक्लो उपस्तिथी र सँस्कृति, परम्परा र धर्मको मैलिकता महत्त्व बुझाउनुका साथै ठकुरी एकताको सन्देश मुख्य उद्देश्य रहेको प्रदेश ५ का प्रमुख संयोग जंग शाहले बताए ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...