News Portal

पाथीभरा केबुलकार परियोजनाको निर्माण सुरु

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजनाको निर्माण मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

संगीता गुरुङ
३६२ पटक

८ माघ, काठमाडौं – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजनाको निर्माण मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमका अनुसार बटम स्टेसनबाट केबुलकार निर्माण कार्य प्रारम्भ भएको हो। स्थानीय जनप्रतिनिधि, सांसद्, सरकारी तथा सुरक्षा निकाय, र स्थानीयवासीको सहकार्यले अब निर्माण द्रुत गतिमा अघि बढ्ने उनले बताए।

केबुलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबुलकार परियोजनाले ताप्लेजुङको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। यो परियोजना कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशेढुंगा बन्ने उल्लेख गर्दै उनले आगामी १५ महिनाभित्र भक्तजनले केबुलकारमार्फत मन्दिर दर्शन गर्न पाउने जानकारी दिए।

परियोजनाले अशक्त, वृद्धवृद्धा र बालबालिकाका लागि समेत मन्दिर दर्शन सहज बनाउने विश्वास छ। साथै, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक विकासमा केबुलकार उदाहरणीय बन्ने कम्पनीको दाबी छ।

केबुलकार सञ्चालनमा आइसकेपछि वार्षिक १० लाख पर्यटक पाथीभरा मन्दिर दर्शनका लागि आउने अपेक्षा गरिएको छ। यसले ताप्लेजुङलाई सुरक्षित, दिगो र विश्वस्तरीय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्ने पौडेलले बताए।

पाथीभरा केबुलकार परियोजनाको निर्माण तथा व्यवस्थापन आईएमई ग्रुपले गरिरहेको छ। आईएमईले यसअघि काठमाडौंको चन्द्रागिरि, नवलपुरको मौलाकाली, र बुटवलको लुम्बिनी केबुलकार सफलतापूर्वक सञ्चालन गरिसकेको छ। यी परियोजनाहरू समयभन्दा अघि नै सम्पन्न भएका थिए।

कम्पनीले कर्णालीस्थित जालपादेवी केबुलकार निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइरहेको छ। पाथीभरा केबुलकार परियोजना छिट्टै सम्पन्न गरी नेपालको पर्यटन क्षेत्रमा ‘गेम चेन्जर’का रूपमा स्थापित गराउने आईएमई ग्रुपको लक्ष्य छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...