News Portal

सूर्यदर्शन सहकारी ठगी: उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग

उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

संगीता गुरुङ
२३३ पटक

माघ ८, पोखरा – उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको आदेश उल्ट्याउन सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि, जिल्ला अदालतले रवि लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, मीना गुरुङ र आरती गुरुङलाई ५–५ लाख तथा कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।

सरकारी वकिलले सो आदेशलाई बेठीक भन्दै आरोपितहरूलाई थुनामा राख्न माग गरेका छन्। अदालतले प्रतिवेदन अध्ययनपछि निर्णय गर्नेछ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...