News Portal

सूर्यदर्शन सहकारी ठगी: उच्च अदालत पोखराले कैफियत प्रतिवेदन माग

उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

संगीता गुरुङ
३०३ पटक

माघ ८, पोखरा – उच्च अदालत पोखराले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको आदेश उल्ट्याउन सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएका थिए।

यसअघि, जिल्ला अदालतले रवि लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, मीना गुरुङ र आरती गुरुङलाई ५–५ लाख तथा कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।

सरकारी वकिलले सो आदेशलाई बेठीक भन्दै आरोपितहरूलाई थुनामा राख्न माग गरेका छन्। अदालतले प्रतिवेदन अध्ययनपछि निर्णय गर्नेछ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...