News Portal

झापामा चार जना लागुऔषधसहित पक्राउ

झापामा चार जना लागुऔषधसहित पक्राउ परेका छन्।

संगीता गुरुङ
१९६ पटक

माघ ८, झापा – झापामा चार जना युवायुवतीलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई पुरुष र दुई महिला रहेका छन्।

सोमबार साँझ करिब सवा ६ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१६ प ९००९ नम्बरको मोटरसाइकलमा सवार दुई युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूमा अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण गिरी र अर्जुनधारा–८ का २५ वर्षीय सुमन राजवंशी छन्। मोटरसाइकल चालक गिरी र पछाडि सवार राजवंशीको साथबाट १० ग्राम १५ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

त्यस्तै, भारतबाट नेपालतर्फ आउँदै गरेका दुई महिलालाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ। पाँचथरको फिदिम नगरपालिका–४ की १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बुको साथबाट १ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...