News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विपद् व्यवस्थापनको तालिम सम्पन्न

    सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको कार्यक्रम आइतबार सम्पन्न भएको छ।

    रबिन्द्र बराल
    ७० पटक

    माघ ७, सप्तरी – विपद् व्यवस्थापनको कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापन प्रयोजनका लागि ५३औं टोली तयार गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा विपद् व्यवस्थापन सम्बन्धी तालिमको कार्यक्रम आइतबार सम्पन्न भएको छ। बरमझियामा अवस्थित शिक्षालयको प्राङ्गणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी थिए।

    विशिष्ठ अतिथिका रूपमा कञ्चनपुर् नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख विरेन्द्र माझी उपस्थित थिए। कार्यक्रममा विकास अधिकारी, स्थानीय, बुद्धिजीवी, समाजसेवीलगायतको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रशिक्षार्थीहरूले भूकम्प र आगलागीको समयमा गरिने उद्धारका साथै खोँचमा फसेका व्यक्तिको उद्धार, र्‍याप्लिङ् क्लाइम्बिङ्, प्राथमिक उपचारलगायत तालिममा सिकेका विषयहरू सम्बन्धी कृत्रिम अभ्यासको प्रदर्शन गरेका थिए।

    ११ हप्ताको अवधिमा सञ्चालन गरिएको उक्त तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारी सहभागी भएका थिए। प्रशिक्षार्थीलाई प्राथमिक उपचार, भत्किएका संरचनामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ्, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना उद्धार, जलोत्पन्न प्रकोप उद्धार, विपद् पछिको उद्धार, राहत र पुनर्स्थापना लगायतका विषयमा प्रशिक्षण दिइएको शिक्षालयले जनाएको छ।

    तालिममा उत्कृष्ट हुने सशस्त्र प्रहरी नायव उपरीक्षक सितल श्रेष्ठ पुरस्कृत भएका थिए। सफल प्रशिक्षार्थीलाई विपद् उद्धारकको परिचय झल्किने कुम चिन्ह प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले प्रशिक्षार्थीलाई बधाई दिँदै सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको र प्रकोप तथा उद्धारको सन्दर्भमा सशस्त्र प्रहरी बलको नाम जनमानसमा बस्दै गएको बताएका थिए।

    धौवजीले तालिममा दीक्षित प्रशिक्षार्थीलाई विपद् व्यवस्थापनका क्रममा उत्कृष्ट रूपमा कार्य सम्पादन गर्न निर्देशन पनि दिएका थिए।

    कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले स्थानीय निकायसँग समन्वय गर्दै विपद् सम्बन्धी जनचेतना जगाउने, उद्धार तथा पुनर्स्थापनामा सशस्त्र प्रहरी बलले उत्कृष्ट रूपमा भूमिका निर्वाह गरेको बताएका थिए।

    हनुमाननगर नगरपालिकाका प्रमुख विरेन्द्र माझीले पनि विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको प्रशंसा गरे।

    तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले शिक्षालयमा पहिलो पटक सञ्चालन गरिएको विपद् व्यवस्थापन तालिमबाट विपद् व्यवस्थापनमा खटिने विशिष्ट जनशक्ति तयार भएको र भविष्यमा उनीहरूले उत्कृष्ट सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे।

    कार्कीले विपद् व्यवस्थापन तालिमका लागि शिक्षालय प्राङ्गणमा ३० फिट अग्लो र्‍याप्लिङ् क्लाइम्बिङ् टावर निर्माण गरिएको जानकारी पनि दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २१, २०८१ (अप्रिल ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    व्यवसायीलाई धम्क्याएर फिरौती माग्ने पक्राउ

    कोहलपुर, चैत्र २० – बाँकेको कोहलपुरमा एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारतीय रुपैयाँ फिरौती माग्ने...

    ‘पाटन फेस्ट २०२५’ : दुर्गेश थापा र चर्चित ब्यान्डहरूको धमाकेदार प्रस्तुति

    ललितपुर, चैत्र २० – आगामी चैत्र २३ गते शनिबार ललितपुरको च्यासल खेलमैदान मा ‘पाटन फेस्ट...

    भाटभटेनीद्वारा पत्रकार रजक र महर्जनका परिवारलाई आर्थिक सहायता

    काठमाडौं, चैत्र २० – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनका...

    कुलमान घिसिङको रिटमा आज पनि सुनुवाइ हुँदै

    चैत्र २०, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी रिटमा आज पनि...