News Portal

इनड्राइभका राइडरमाथि यौन उत्पीडनको आरोप, कम्पनीले प्लेटफर्मबाट हटायो

इनड्राइभका एक राइडरमाथि यौन उत्पीडनको आरोप लागेपछि कम्पनीले उनलाई प्लेटफर्मबाट हटाएको छ।

संगीता गुरुङ
३३१ पटक

माघ ६, काठमाडौँ – इनड्राइभका एक राइडरमाथि यौन उत्पीडनको आरोप लागेपछि कम्पनीले उनलाई प्लेटफर्मबाट हटाएको छ।

चितवनको मुग्लिन बजारबाट काठमाडौँ जाने क्रममा राइडरले एक महिलालाई ह्वाट्सएप मार्फत अस्वभाविक मेसेज गरेका थिए। महिलाले यो घटना माघ २ गते भएको भन्दै टिकटकमा भिडियो पोस्ट गरेकी छन्, जुन अहिले भाइरल बनेको छ।

महिलाले भनिन्, “म र मेरो १२ वर्षीय बच्चा थियौँ। राइडरले ‘एक घण्टा जति कहीँ बसौँ न’ भनेर मेसेज गर्‍यो।”

इनड्राइभकी निर्देशक रिता पोखरेलका अनुसार, राइडरलाई प्लेटफर्मबाट हटाइएको छ र कम्पनी पीडितलाई कानुनी प्रक्रियामा सहयोग गर्न तयार छ। यद्यपि, इलाका प्रहरी कार्यालय गजुरी, काठमाडौँ परिसर र साइबर ब्युरोमा कुनै उजुरी परेको छैन।

घटना सार्वजनिक भएसँगै राइड सेयरिङ सेवाहरूको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...