News Portal

फेस अफ स्मार्ट किड्स २०२४ को प्रतिस्पर्धा महाराजगंजकाे रोयल दरबाचर बैंक्वेटमा सम्पन्न

अमृता राई
६०९ पटक
२०८१ माघ ०६ गते

काठमाण्डौं। युथ कृयसन नेपालद्धारा आयोजित बालबालिका केन्द्रित “फेस अफ स्मार्ट किड्स २०२४” को अन्तिम प्रतिस्पर्धा राजधानीको महाराजगंजस्थित रोयल दरबाचर बैंक्वेटमा सम्पन्न भएको छ।

संघिय सभा सदस्य मिना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा मेलतर्फको “ मिस्टर फेस अफ स्मार्ट किड्स २०२४” को उपाधि गौरव लामा र फिमेल “ मिस फेस अफ स्मार्ट किड्स २०२४” को उपाधि प्राव्या रावलले जितेका छन्।

सोही प्रतियोगितामा श्रेयंश श्रेष्ठ र सम्पदा भुजेल फर्स्ट रनरअप, मायक लामा र सेली पूर्जा सेकेण्ड रनरअप घोषित भए। प्रतियोगितामा विजेता बन्दै उनीहरुले क्राउन, गिफ्ट हाम्पर आदी उपहार प्राप्त गर्नुका साथै अन्तराष्टिय प्रतियोगितामा भाग लिन पाउने भएका छन्। लजसको निमित्त अन्तराष्ट्रिय आयोजकद्धारा विजयी प्रतियोगीहरुलाई हवाई टिकटमा २५ हजार बराबरको सहुलियत उपलब्ध गराउने जनाईएको छ।

कार्यक्रममा अभिनेता सरोज खनाल मुख्य निर्णायकको भूमिकामा थिए भने ईन्टरनेशनल मोडल जोर्डन राजभण्डारी, मिसेस गुरुङ २०२४ की विजेता निलम गुरुङ, मेकअप आर्टिष्ट टेकराज पाण्डे र कलाकार सस्मिता गिरी निर्णायकका रुपमा रहेका थिए।

अन्तराष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संचालित उक्त प्रतियोगितामा प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास भएको आयोजक संस्थाका सिईओ रबि लामा तामाङको दाबी छ।

समाजमा बालबालिकाहरुलाई सक्षम र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...