News Portal

आठौं राष्ट्रिय खेलकूद फागुनमा गर्न माग : भौतिक पूर्वाधार निर्माणको काम तीव्र

हिमाली संचार संवाददाता
७१२ पटक

नीरज गौतम 

नेपालगञ्ज । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पूर्वघोषित मिति यही मङ्सिर २१ गते आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा नहुने भएपछि फागुनको पहिलो सातामा गर्न खेलकूद मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको छ ।

बाँके र दाङबाट सङ्घीय, प्रदेश संसद् र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र स्थानीय जनप्रतिनिधहरुको उपस्थितिमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ को आज यहाँ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी सांसद नन्दलाल रोकाय, कोमल वली, बाबुराम गौतम, सुरेन्द्र हमाल, कृष्णा केसी, ‘नमूना’ नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर र कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले प्रतियोगिता सञ्चालनका लागि सबैखाले आवश्यक सहयोग गर्ने लिखित प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

बैठकपछि रासससँग कुरा गर्दै क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का अध्यक्ष भीम ओलीले खेलकूद पूर्वाधार निर्माणका लागि रोकिएको बजेट प्राविधिक टोलीको प्रतिवेदनका आधारमा निकासा हुन थालेकाले माग गरिएको मिति फागुनको पहिलो सातामा प्रतियोगिता सञ्चालन हुने बताए ।

अध्यक्ष ओलीले केही कठिनाइका बाबजुद पनि प्रतियोगिता आयोजना गर्न कुनै कसर बाँकी नराख्ने अठोटसमेत व्यक्त गरे । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि अध्यक्ष ओलीले यस क्षेत्रका खेलाडीको बन्द प्रशिक्षण पनि छिट्टै शुरु गरिने जानकारी दिए ।

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई अहिले तीव्रता दिइएको छ ।

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

पूर्वाधार निर्माणअन्तर्गत नेपालगञ्ज रङ्गशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम सम्पन्न भइसकेको छ । रङ्गशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ भने भुइँमा फ्लोरिङ गर्ने काम पनि सकिएको अध्यक्ष ओलीले बताए ।

त्यसैगरी, रङ्गशाला क्षेत्रमा झण्डै १८ करोडको लागतमा पौडी पोखरी र २४ करोडको लागतमा प्यारापिटसहितको अत्याधुनिक रङ्गशाला निर्माण भइरहेको छ ।

पूर्वाधार निर्माणअन्तर्गत रङ्गशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेञ्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुटिङका लागि आवश्यक एअर पेस्तोल र एअरगन खरीद प्रक्रिया पूरा भइसकेको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका केही खेलहरु बाँकेको कोहलपुर, बर्दिया र दाङमा पनि हुनेछ । त्यसका लागि बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदान वरिपरि पर्खाल निर्माण, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रङ्गशाला, बर्दियाको गुलरिया र ठाकुरद्वारामा खेलमैदान तथा कबर्डहल मर्मत र निर्माणको काम भइरहेको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई ‘मस्कट’का रुपमा पारित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...