News Portal

मकवानपुरमा गाँजासहित एक व्यक्ति पक्राउ

कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्।

संगीता गुरुङ
२१९ पटक

माघ ३, मकवानपुर – कैलाश गाउँपालिका-२ डाँडाखर्कका ३४ वर्षीय रावल स्याङ्बो एक क्विन्टलभन्दा बढी गाँजासहित पक्राउ परेका छन्।

मंगलबार बिहान हेटौंडाबाट निजगढ जाँदै गरेको बा ७ ख २५१० नम्बरको पिकअप गाडीलाई हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोइन्टमा चेकजाँच गर्दा गाँजा फेला परेको हो।

चेकजाँचको क्रममा गाडीमा खाली क्रेटले छोपेर लुकाइएको १११ किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ। गाँजा बरामद भएपछि पिकअप गाडीका चालक स्याङ्बोलाई नियन्त्रणमा लिइएको छ।

उनीविरुद्ध लागुऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...