News Portal

बलिउड अभिनेता सैफ अली खानमाथि खुकुरी प्रहार

आज बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ।

हिमालीसंचार संवाददाता
३६० पटक

मुम्बई, आज (बिहीबार) बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ। सैफको घाँटी, ढाड, हात र टाउकोमा छुरा प्रहार गरिएको छ। उनलाई बिहान ३:३० बजे लीलावती अस्पताल पुर्याइएको थियो, जहाँ शल्यक्रिया भइरहेको छ।

लीलावती अस्पतालका डा. नीरज उत्तमानीका अनुसार सैफलाई ६ पटक छुरा प्रहार भएको छ, जसमा दुई घाउ गहिरो छन्।

प्रहरीका अनुसार चोरीको प्रयासको क्रममा आक्रमणकारीले सैफलाई रोक्न खोज्दा प्रहार गरेका हुन्। घटनामा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन्।

हालसम्म आक्रमणकारीको पहिचान खुल्न सकेको छैन। मुम्बई पुलिसले अनुसन्धानका लागि तीन जनालाई सोधपुछ गरिरहेको छ। क्राइम ब्रान्चको टोली पनि घटनास्थलमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...