News Portal

बलिउड अभिनेता सैफ अली खानमाथि खुकुरी प्रहार

आज बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ।

हिमालीसंचार संवाददाता
४९४ पटक

मुम्बई, आज (बिहीबार) बिहान करिब २:३० बजे बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईको खारस्थित घरमा आक्रमण भएको छ। सैफको घाँटी, ढाड, हात र टाउकोमा छुरा प्रहार गरिएको छ। उनलाई बिहान ३:३० बजे लीलावती अस्पताल पुर्याइएको थियो, जहाँ शल्यक्रिया भइरहेको छ।

लीलावती अस्पतालका डा. नीरज उत्तमानीका अनुसार सैफलाई ६ पटक छुरा प्रहार भएको छ, जसमा दुई घाउ गहिरो छन्।

प्रहरीका अनुसार चोरीको प्रयासको क्रममा आक्रमणकारीले सैफलाई रोक्न खोज्दा प्रहार गरेका हुन्। घटनामा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन्।

हालसम्म आक्रमणकारीको पहिचान खुल्न सकेको छैन। मुम्बई पुलिसले अनुसन्धानका लागि तीन जनालाई सोधपुछ गरिरहेको छ। क्राइम ब्रान्चको टोली पनि घटनास्थलमा पुगेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...