News Portal

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ।

संगीता गुरुङ
२४२ पटक

२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ।

सरकारी वकिल, जाहेरवालाका कानुन व्यवसायी, र रवि पक्षका कानुन व्यवसायीबीचको बहस र जवाफी बहसपछि सुनुवाइ टुंगिएको हो। अन्त्यमा रविले संक्षिप्त भनाइ राखेका थिए।

सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेपछि रवि गत आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो।

सोमबार सरकारी वकिलले थुनामा पठाउन माग गरेका थिए। मंगलबार रविका तर्फबाट वरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीहरूले बहस गरेका छन्। रविका अधिवक्ता राजेन्द्र सेढाइँले बहस नोट बुझाएर छोट्याउने प्रयास गरेका थिए।

न्यायाधीश अधिकारीले सुनुवाइ सकिएको भन्दै आदेश सुरक्षित राखेका छन्।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...