News Portal

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि लामिछानेको थुनछेक बहस सकियो

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ।

संगीता गुरुङ
१९९ पटक

२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक सम्बन्धी सुनुवाइ सकिएको छ।

सरकारी वकिल, जाहेरवालाका कानुन व्यवसायी, र रवि पक्षका कानुन व्यवसायीबीचको बहस र जवाफी बहसपछि सुनुवाइ टुंगिएको हो। अन्त्यमा रविले संक्षिप्त भनाइ राखेका थिए।

सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेपछि रवि गत आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो।

सोमबार सरकारी वकिलले थुनामा पठाउन माग गरेका थिए। मंगलबार रविका तर्फबाट वरिष्ठ अधिवक्तासहितका कानुन व्यवसायीहरूले बहस गरेका छन्। रविका अधिवक्ता राजेन्द्र सेढाइँले बहस नोट बुझाएर छोट्याउने प्रयास गरेका थिए।

न्यायाधीश अधिकारीले सुनुवाइ सकिएको भन्दै आदेश सुरक्षित राखेका छन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...