News Portal

भारतमा महाकुम्भ सुरु, पहिलो स्नानमा करोडौँ भक्तजन सहभागी

भारतमा महाकुम्भ मेलाको आजबाट शुभारम्भ भएको छ।

संगीता गुरुङ
३३१ पटक

नयाँ दिल्ली, पुस २३ – भारतमा महाकुम्भ मेलाको आजबाट शुभारम्भ भएको छ। पौष पूर्णिमाको पहिलो स्नानमा १ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गर्ने अनुमान छ।

संगम क्षेत्रका १२ किलोमिटर क्षेत्रमा घाट निर्माण गरिएको छ। सवारीसाधन रोक लगाइएकाले भक्तजनहरू १०–१२ किलोमिटर पैदल हिँडिरहेका छन्। सुरक्षा व्यवस्थाका लागि ६० हजार सैनिक र प्रहरी खटिएका छन्।

दुर्लभ खगोलीय संयोजनमा आयोजना भएको यस महाकुम्भमा विदेशी भक्तजनको समेत सहभागिता रहेको छ। एप्पलका सह-संस्थापक स्टिभ जब्सकी पत्नी लरेन पावेल जब्सले पनि स्नान गरेकी छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...