News Portal

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ।

संगीता गुरुङ
३०४ पटक

काठमाडौं, पुस २८ – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त तथा रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो। सरकारी वकिल, जाहेरवालाका वकिल, र लामिछाने पक्षका वकिलको बहसपछि निर्णय हुने छ। बहस टुंग्याउन नसकिए लामिछानेलाई थुनामा पठाउने वा भोलि पुनः हाजिर हुने आदेश हुन सक्छ।

लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका थिए। उनीमाथि स्वर्णलक्ष्मी सहकारीमार्फत पाँच करोड ७८ लाख ठगीको आरोप छ। यसबाहेक अन्य सहकारीहरूसँग पनि जोडिएका मुद्दा दर्ता हुने प्रक्रिया सुरु भएको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...