News Portal

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस सुरु हुँदै

रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ।

संगीता गुरुङ
२२६ पटक

काठमाडौं, पुस २८ – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त तथा रास्वपा सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ। अब थुनछेक बहस सुरु हुने छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो। सरकारी वकिल, जाहेरवालाका वकिल, र लामिछाने पक्षका वकिलको बहसपछि निर्णय हुने छ। बहस टुंग्याउन नसकिए लामिछानेलाई थुनामा पठाउने वा भोलि पुनः हाजिर हुने आदेश हुन सक्छ।

लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका थिए। उनीमाथि स्वर्णलक्ष्मी सहकारीमार्फत पाँच करोड ७८ लाख ठगीको आरोप छ। यसबाहेक अन्य सहकारीहरूसँग पनि जोडिएका मुद्दा दर्ता हुने प्रक्रिया सुरु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...