News Portal

मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस, र ३ किलो ४७० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२६६ पटक

मकवानपुर प्रहरीले १०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस, र ३ किलो ४७० ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई भारतीय नागरिक र एक नेपाली छन्।

शनिबार राति थाहा नगरपालिका-११ टिस्टुङमा भारतीय नम्बर प्लेटको कार जाँच गर्दा २१ किलो ४६० ग्राम चरेससहित हरियाणाका कुनाल गोथ्वाल (२५) र मानिसकुमार (२०) पक्राउ परेका हुन्।

आइतबार बिहान हेटौँडा-१५ रातोमाटे चेकपोइन्टमा अर्को भारतीय नम्बर प्लेटको कारबाट १०१ किलो गाँजा फेला परेपछि पर्साका राजन रारूत कुर्मी (२०) पक्राउ परेका छन्।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...