News Portal

पश्चिम नवलपरासीमा शिक्षिकाको कुटाइबाट विद्यार्थीको आँखा फुट्यो

पश्चिम नवलपरासीको प्रतापपुरमा एक शिक्षिकाको कुटाइले ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको छ।

संगीता गुरुङ
२९२ पटक

२८ पुस, पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको प्रतापपुरमा एक शिक्षिकाको कुटाइले ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको छ। प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले मंसिर १८ गते कक्षामा दुई विद्यार्थीको झगडा छुट्याउने क्रममा लठ्ठीले हिर्काउँदा यो घटना भएको हो।

चोटपछिको उपचारका लागि प्रशान्तलाई तिलगंगा आँखा अस्पतालसम्म पुर्‍याइएको थियो। चिकित्सकले बालकको आँखाको नानी फुटेकाले जीवनभर देख्न नसक्ने बताए।

पुस १६ गते बालकका बुवाले उजुरी दिएपछि प्रहरीले पुस १९ मा शिक्षिकाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। तर, शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...