News Portal

रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने अदालतको आदेश

जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

संगीता गुरुङ
२५३ पटक

२५ पुस, काठमाडौं। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि लामिछाने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन्।

सरकारी वकिल कार्यालय, कास्कीले लामिछानेलगायत ६३ जनाविरुद्ध ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्रसहित जिल्ला अदालतमा एक अर्ब ५१ करोड बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो।

लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग लगाइएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ बिगो दाबी गरिएको छ।

मुद्दामा लामिछानेसँगै पूर्वडिआइजी र गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लामिछानेका सहयोगी लिला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य कृष्णबहादुर गुरुङ, र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन्।

लामो बहसपछि आज अदालतले थुनछेक आदेश दिएको हो।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...