News Portal

चीनमा शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्प

चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्।

संगीता गुरुङ
२४४ पटक

काठमाडौं, माघ २५ – चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको जनाएको छ।

मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको परकम्प भएको छ। रिजनल अर्थक्वेक ब्युरोका अनुसार ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएका छन्।

भूकम्पका कारण १२६ जनाको मृत्यु भएको र १८८ जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्। भग्नावशेषमा फसेका ४०७ जनाको सफल उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ।

अधिकारिहरूले क्षतिको यकिन विवरण अझै संकलन भइरहेका बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...