News Portal

चीनमा शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्प

चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्।

संगीता गुरुङ
३६९ पटक

काठमाडौं, माघ २५ – चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको जनाएको छ।

मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता सबैभन्दा ठूलो ४.४ म्याग्निच्युडको परकम्प भएको छ। रिजनल अर्थक्वेक ब्युरोका अनुसार ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएका छन्।

भूकम्पका कारण १२६ जनाको मृत्यु भएको र १८८ जना घाइते भएको अधिकारीहरूले पुष्टि गरेका छन्। भग्नावशेषमा फसेका ४०७ जनाको सफल उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ।

अधिकारिहरूले क्षतिको यकिन विवरण अझै संकलन भइरहेका बताएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...