News Portal

इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी

मन्त्रालयले अब नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दै नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ।

संगीता गुरुङ
२१३ पटक

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।

मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण गरी मात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

गैरसरकारी तथा सामुदायिकस्तरका केही स्वास्थ्य संस्थाहरु नवीकरण बिना सञ्चालन भइरहेको उजुरी प्राप्त भएपछि मन्त्रालयले यो निर्णय लिएको हो। मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसार पनि सञ्चालनमा नरहेको गुनासो प्राप्त गरेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित अधिकारीहरुलाई अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

जनस्वास्थ्य सेवा नियमावली अनुसार इजाजतपत्र नलिई स्वास्थ्य सेवा प्रदान गर्न नपाइने व्यवस्था भए पनि नियम उल्लङ्घन भएको उजुरीपछि मन्त्रालयले पत्राचार गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

मन्त्रालयले अब नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दै नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...