News Portal

इजाजतपत्र नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी

मन्त्रालयले अब नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दै नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ।

संगीता गुरुङ
३०८ पटक

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।

मन्त्रालयले निजी, सहकारी, गैरसरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण गरी मात्र सञ्चालन गर्न निर्देशन दिएको हो।

गैरसरकारी तथा सामुदायिकस्तरका केही स्वास्थ्य संस्थाहरु नवीकरण बिना सञ्चालन भइरहेको उजुरी प्राप्त भएपछि मन्त्रालयले यो निर्णय लिएको हो। मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसार पनि सञ्चालनमा नरहेको गुनासो प्राप्त गरेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित अधिकारीहरुलाई अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

जनस्वास्थ्य सेवा नियमावली अनुसार इजाजतपत्र नलिई स्वास्थ्य सेवा प्रदान गर्न नपाइने व्यवस्था भए पनि नियम उल्लङ्घन भएको उजुरीपछि मन्त्रालयले पत्राचार गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

मन्त्रालयले अब नवीकरण नगरी सञ्चालन गरिरहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दै नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...