News Portal

सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ।

संगीता गुरुङ
४११ पटक

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर ३९ वर्षीया दीक्षा दाहालको मृत्यु भएको छ। घटना करिब ६ दिनअघिको भए पनि अहिले यसको अनुसन्धानले नयाँ मोड लिएको छ।

घटनाअघि अपार्टमेन्टबाट आपतकालीन सेवा ‘०००’ मा फोन गरिएको र पृष्ठभूमिमा भनाभनको आवाज सुनिएको डेली मेलले जनाएको छ। तर, स्पष्ट कुराकानी नभएपछि थप दुईपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।

पुलिसले दीक्षाका पति रवीन्द्र सुवेदीलाई सोधपुछका लागि पक्राउ गरे पनि प्रमाण अभावका कारण उनलाई रिहा गरेको छ। दाहाल अष्ट्रेलियामा नर्सका रूपमा कार्यरत थिइन्।

उनीहरूको वैवाहिक जीवनमा विवाद रहेको र केही समयदेखि अलग्गै बस्दै आएको बताइएको छ। घटनाको कारण पत्ता लगाउन सीसीटीभी फुटेजसहित अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...