News Portal

सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ।

संगीता गुरुङ
३४६ पटक

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको मृत्यु शंकास्पद घटनाको रुपमा सार्वजनिक भएको छ। पारामाट्टास्थित अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर ३९ वर्षीया दीक्षा दाहालको मृत्यु भएको छ। घटना करिब ६ दिनअघिको भए पनि अहिले यसको अनुसन्धानले नयाँ मोड लिएको छ।

घटनाअघि अपार्टमेन्टबाट आपतकालीन सेवा ‘०००’ मा फोन गरिएको र पृष्ठभूमिमा भनाभनको आवाज सुनिएको डेली मेलले जनाएको छ। तर, स्पष्ट कुराकानी नभएपछि थप दुईपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।

पुलिसले दीक्षाका पति रवीन्द्र सुवेदीलाई सोधपुछका लागि पक्राउ गरे पनि प्रमाण अभावका कारण उनलाई रिहा गरेको छ। दाहाल अष्ट्रेलियामा नर्सका रूपमा कार्यरत थिइन्।

उनीहरूको वैवाहिक जीवनमा विवाद रहेको र केही समयदेखि अलग्गै बस्दै आएको बताइएको छ। घटनाको कारण पत्ता लगाउन सीसीटीभी फुटेजसहित अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...