News Portal

भारतमा एचएमपी भाइरसका संक्रमित ८ पुगे

भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा दुई नयाँ संक्रमित फेला परेका छन्।

संगीता गुरुङ
१९८ पटक

नयाँ दिल्ली – भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा दुई नयाँ संक्रमित फेला परेका छन्।

नागपुरमा १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा लगातार रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि परीक्षण गरिएको थियो। निजी प्रयोगशालामा गरिएको परीक्षणमा दुबैको रिपोर्ट पोजेटिभ आएको छ। तर, उनीहरूको अवस्था सामान्य रहेको र अस्पताल भर्ना गर्नु नपरेको जनाइएको छ।

यसअघि सोमबार कर्नाटक र तमिलनाडुमा २/२ जना तथा पश्चिम बंगाल र गुजरातमा १/१ जना संक्रमित फेला परेका थिए। संक्रमितमध्ये अधिकांश बालबालिका रहेका छन्।

स्वास्थ्य मन्त्रालयले इन्फ्लुएन्जा र श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन राज्यहरूलाई निर्देशन दिएको छ। ह्यूमन मेटापन्यूमोभाइरस रोकथामका उपायहरूबारे जनचेतना फैलाउन पनि जोड दिएको छ।

स्वास्थ्य मन्त्री जेपी नड्डाले एचएमपी भाइरस नयाँ नभएको भन्दै यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। यो भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो। हावाबाट फैलिने यो भाइरसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्न सक्छ।

डब्लूएचओले भाइरसको अवस्थाबारे अनुगमन गरिरहेको र चाँडै विस्तृत रिपोर्ट साझा गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...