News Portal

  • भारतमा एचएमपी भाइरसका संक्रमित ८ पुगे

    भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा दुई नयाँ संक्रमित फेला परेका छन्।

    संगीता गुरुङ
    ११५ पटक

    नयाँ दिल्ली – भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा दुई नयाँ संक्रमित फेला परेका छन्।

    नागपुरमा १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा लगातार रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि परीक्षण गरिएको थियो। निजी प्रयोगशालामा गरिएको परीक्षणमा दुबैको रिपोर्ट पोजेटिभ आएको छ। तर, उनीहरूको अवस्था सामान्य रहेको र अस्पताल भर्ना गर्नु नपरेको जनाइएको छ।

    यसअघि सोमबार कर्नाटक र तमिलनाडुमा २/२ जना तथा पश्चिम बंगाल र गुजरातमा १/१ जना संक्रमित फेला परेका थिए। संक्रमितमध्ये अधिकांश बालबालिका रहेका छन्।

    स्वास्थ्य मन्त्रालयले इन्फ्लुएन्जा र श्वासप्रश्वाससम्बन्धी रोगहरूको निगरानी बढाउन राज्यहरूलाई निर्देशन दिएको छ। ह्यूमन मेटापन्यूमोभाइरस रोकथामका उपायहरूबारे जनचेतना फैलाउन पनि जोड दिएको छ।

    स्वास्थ्य मन्त्री जेपी नड्डाले एचएमपी भाइरस नयाँ नभएको भन्दै यसबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। यो भाइरस पहिलो पटक २००१ मा पहिचान गरिएको थियो। हावाबाट फैलिने यो भाइरसले सबै उमेर समूहका मानिसहरूलाई असर गर्न सक्छ।

    डब्लूएचओले भाइरसको अवस्थाबारे अनुगमन गरिरहेको र चाँडै विस्तृत रिपोर्ट साझा गर्ने जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...

    अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

    अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना...

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...