News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी, तीन जना पक्राउ

    स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको आरोपमा ३ जना पक्राउ परेका छन्।

    संगीता गुरुङ
    ८७ पटक

    काठमाडौं, २२ पुस – स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी गरिएको खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेपछि महिलाले प्याडमा गालेर लिक्विड बनाइएको सुन लुकाएर ल्याएको खुलेको हो।

    पक्राउ परेकाहरूमा नुवाकोटका २६ वर्षिय सुजन नेपाली, सिन्धुपाल्चोककी ३२ वर्षिय मिनसाङ लामा र काभ्रेका २२ वर्षिय लालबहादुर तामाङ रहेका छन्।

    १४ पुसमा दुबईबाट त्रिभुवन विमानस्थल ओर्लिएकी महिलाले अवैध रूपमा झण्डै ४३६ ग्राम सुन ल्याएको प्रहरीको अनुसन्धानले देखाएको छ। सुनसँगै तीन थान मोबाइल र मोटरसाइकल बरामद भएको छ।

    पक्राउ परेकाहरू विरुद्ध भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    प्रतिकृया दिनुहोस्

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

    पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको...

    भारतमा एचएमपी भाइरसका संक्रमित ८ पुगे

    नयाँ दिल्ली – भारतमा ह्यूमन मेटापन्यूमोभाइरस (एचएमपीभी) संक्रमणको संख्या ८ पुगेको छ। मंगलबार महाराष्ट्रको नागपुरमा...

    भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    पुस २३, सोलुखुम्बु – आज (मंगलबार) गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु...

    नेपालमा भूकम्पको धक्का: सामान्य क्षति, मानवीय क्षति नभएको पुष्टि

    पुस २३, काठमाडौँ – आज (मंगलबार) बिहान ६:५० मा नेपालमा भूकम्पको झट्का महसुस गरियो। यो...

    चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

    पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको...