News Portal

साउदीको फरार सूचीमा रहेका शिवराम दिनदहाडै चोरी गर्दा नेपालमै परे प्रहरीको फन्दामा

हिमाली संचार संवाददाता
७१३ पटक

मोरङ : गत कात्तिक १४ गते कटहरी २ का निरज श्रेष्ठ विराटनगर हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा बाटो मै लुटिए । अस्पतालतर्फ जाँदै गर्दा उनले हातमा रहेको सामसुङ मोबाइल हातले थुतेर दुई युवक भागे। त्यस्तै कात्तिक १६ गते साढे ४ बजे हाटखोला चोकमा पर्ने आरके चिल्ड्रेन अस्पताल अगाडीबाट विराटनगर-८ की हिना राजवंशी लुटिइन् ।

मोटरसाइकलमा आएका दुई युवकले उनको साथमा भएको १८ हजार ४०० नगद, घडी १ थान, लेडिज झोला, सल, सामसुङ मोबाइल लगे । घटनाको करिब एकसाता पछि कात्तिक २५ गते ५ बजे बिराटनगर-७ हाटखोला चोकबाट नै चन्द्रकला बस्नेतको साथमा भएको रकम र मोबाइल लुटियो । लुटेरा जवरजस्ती गर्दा लडेकी बस्नेतको खुट्टा र हातमा चोट लाग्यो ।

दुईसाताको अन्तरमा भएका जवरजस्ती चोरीका घटनाको प्रकृति एउटै थियो । दिनदहाडै चोरी भएपछि महानगरका सुरक्षा त्रास बढेको थियो । प्रहरीले एकै प्रकृतिको चोरी गर्ने गिरोहलाई नियन्त्रणमा अभियान सञ्चालन गर्‍यो । अन्तत करिब २० दिनको अनुसन्धान पछि दुई युवक पक्राउ परे ।

दिन दहाडै महिलालाई लुटपाट गर्ने गिरोहलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका घर भइ हाल विराटनगर स्थित शान्तिचोकमा डेरा गरि बस्ने २३ वषिर्य शिवराम चौधरी र विराटनगर – ८ बस्ने २५ ववर्षीय समिर कामत छन् ।

उनीहरु पेसेबर चोर रहेको मोरङ प्रहरीले दाबी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी चोरीसमा संलग्नलाई सार्बजनिक गर्दै मोरङ प्रहरी प्रमुख मनोज केसीले लामो समयको अनुसन्धानपछि गिरोहलाई पक्राउ गरिएको बताए ।

‘लुटपाट गर्दै हिडने २ जना गिरोहले विराटनगरको विभिन्न क्षेत्रमा लुटपाट गरेको पाइयो,’ एसपी केसीले भने, ‘यस समूहबाट विराटनगरमा केही दिन अगाडी छुटा-छुट्टै स्थानबाट विभिन्न व्यक्तिको सामान लुटेको खुल्यो ।

साउदी प्रहरीको फरार सूचिमा शिवराम !
पक्राउ परेका शिवराम यस अघि साउदी अरबको ईमिरेटसमा समेत अपराध गरी भागेर नेपाल फिर्ता भएको एसपी केसीले बताए ।

बैदेशिक रोजगारीमा रहेका बेला उनले साउदी अरबमा पनि अपराधिक घटनामा संलग्न भएको दाबी गर्दै उनले शिवरामलाई साउदी प्रहरीले फरार सूचिमा राखेको बताए ।

‘वैदेशिक रोजगारका लागि विदेश गएका शिवराम साउदी प्रहरीको पनि खोजी सुचिमा रहेछ’ उनले भने, ‘नेपाल आएपछि पनि लुटपाटको धन्दामा संलग्न भएको देखियो ।’ शिवरामले विदेशमा के अपराध गरे भन्ने अहिले खुल्न नसकेको उनले बताए ।

प्रहरीका अनुसार चोरी भएका तिनवटै घटना भित्रि सडकमा भएका कारण पक्राउ गर्न अफ्ठारो परेको थियो । ‘सिसि क्यामेरा जडान नगरिएको स्थानहरुमा मात्र ढुकेर लुट्ने गरेको देखियो ।’ मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘गिरोहलाई नियन्त्रण गर्न संकास्पद स्थानमा सादा पोशाकमा महिला प्रहरीलाई परिचालन गरेका थियौं ।’ महिलालाई लक्षित गरी चोरी हुने गरेका कारण महिला प्रहरी परिचालन गरिएको उलने बताए ।

फेसबुक सूचनाले दबाव !
कात्तिक १६ र १४ गते चोरी भएको घटनाको सामान्य रुपमा अनुसन्धान गरिरहेको प्रहरीलाई चन्द्रकला बस्नेत लुटिएको तस्बीर सहितको फोटो फेसबुकमा सार्बजनिक भएपछि अझ दबाब पर्‍यो ।

हात र खुट्टामा चोट लागेको तस्बीरसहित सामाजिक सञ्जाल फेसबुकका चोरी भएको घटना सार्बजनिक भएपछि सुरक्षा व्यवस्था कमजोर भएको गुनासो बढेपछि अनुसन्धान तिब्र बनाएको पक्राउ परेकाहरुको साथबाट चोरीमा प्रयोग भएको मोटरसाइकल, तीन थान मोवाईल, ७ वटा सीम कार्ड, लेडिज घडी एक थान, लेडिज चस्मा १ थान बरामद गरेको छ ।

पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार जिल्ला अदालत मोरङमा मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...