News Portal

रवि लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता

कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ।

संगीता गुरुङ
२३५ पटक

२१ पुस, काठमाडौँ – कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकमको अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो।

सहकारी ठगी आरोपमा हाल कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ।

स्वर्णलक्ष्मी सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा गोर्खा मिडिया प्रा.लि.का तत्कालीन सञ्चालक समिति सदस्य रवि लामिछानेसहित ३८ अन्य व्यक्तिहरू पनि प्रतिवादी बनेका छन्।

प्रमुख प्रतिवादीहरूमा स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल लगायत अन्य सञ्चालक सदस्यहरू र विभिन्न कम्पनीका सञ्चालकहरू समावेश छन्।

अन्य प्रतिवादीहरूमा जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्धिकी, नेचर नेष्ट प्रा.लि.का सञ्चालक अनन्त बाबु राई र खिमानन्द कँडेल रहेका छन्। साथै, विभिन्न कम्पनीका सञ्चालक र सदस्यहरू पनि मुद्दामा प्रतिवादी छन्।

यो मुद्दा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिका सदस्यहरूको सामूहिक अनियमितता र ठगीका कारण भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...