News Portal

कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीद्वारा बालीनाली नष्ट

हिमालीसंचार संवाददाता
३५४ पटक
कञ्चनपुर, १७ पुस। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा जङ्गली हात्तीको बथानले बालीनाली नष्ट गरेको छ।
मंगलबार राति गाउँ पसेको हात्तीको बथानले गहुँ, उखु, तोरी तथा केरा नष्ट गरेको स्थानीय पदम परियारले जानकारी दिनुभएको छ।
1-1735748531.jpeg
उहाँका अनुसार बच्चा सहित ३०/३५ को सङ्ख्यामा हात्तीको बथान रातिको समयमा गाउँ पसेको र उज्यालो हुँदा नजिकैको भारतीय दुधुवा नेशनल पार्क भित्र प्रवेश गरेको छ।
सीताबस्तीका राजेश सार्कीको १ बिघामा लगाइएको गहुँ र बाबुराम सार्कीको २ कट्टामा लगाइएको उखु जङ्गली हात्तीको बथानले सखाप पारेको छ। आसपासको क्षेत्रमा लगाइएको तोरी तथा केरामा पनि क्षति गरेको स्थानीयले बताउनु भएको छ।
3-1735748555.jpeg
भारतीय दुधुवा नेशनल पार्क नजिक हात्तीको बथान रहेको र दोदा नदी तरेर जुनसुकै बेला पनि गाउँ पस्न सक्ने हुँदा किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो।
5-1735748592.jpeg
प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...