News Portal

कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीद्वारा बालीनाली नष्ट

हिमालीसंचार संवाददाता
३०२ पटक
कञ्चनपुर, १७ पुस। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सीताबस्तीमा जङ्गली हात्तीको बथानले बालीनाली नष्ट गरेको छ।
मंगलबार राति गाउँ पसेको हात्तीको बथानले गहुँ, उखु, तोरी तथा केरा नष्ट गरेको स्थानीय पदम परियारले जानकारी दिनुभएको छ।
1-1735748531.jpeg
उहाँका अनुसार बच्चा सहित ३०/३५ को सङ्ख्यामा हात्तीको बथान रातिको समयमा गाउँ पसेको र उज्यालो हुँदा नजिकैको भारतीय दुधुवा नेशनल पार्क भित्र प्रवेश गरेको छ।
सीताबस्तीका राजेश सार्कीको १ बिघामा लगाइएको गहुँ र बाबुराम सार्कीको २ कट्टामा लगाइएको उखु जङ्गली हात्तीको बथानले सखाप पारेको छ। आसपासको क्षेत्रमा लगाइएको तोरी तथा केरामा पनि क्षति गरेको स्थानीयले बताउनु भएको छ।
3-1735748555.jpeg
भारतीय दुधुवा नेशनल पार्क नजिक हात्तीको बथान रहेको र दोदा नदी तरेर जुनसुकै बेला पनि गाउँ पस्न सक्ने हुँदा किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो।
5-1735748592.jpeg
प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...