News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • तपाईंको राशिफल : वि.सं.२०७५ साल मंसिर ३ गते सोमबार, इश्वी सन् २०१८ नोभेम्बर १९ तारिख

    हिमाली संचार संवाददाता
    ६०७ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ने अवस्था आउन सक्छ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ।

    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। पुराना समस्या सुल्झाउँदै अघि बढ्ने समय छ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग सहकार्य हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। केही विशिष्ट व्यक्तिहरू नजिकिए पनि साइनो गाँस्नेहरूले भने दु:ख दिन सक्छन्, सजग रहनुहोला।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममा अल्झनुपर्ने देखिन्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    केही चुनौती देखिए पनि प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। (नेपाली पात्रो)

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। तर कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा चिताएको काम सम्पादनमा विलम्ब हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि गुरुजनको सुझाव, सन्तानको सहयोग र लगनशीलताले सफलता दिलाउनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
    नयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि बिस्तारै फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। तर अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरी सच्याउन जुट्नुपर्ला। आगन्तुकले अलमल्याउने हुँदा काम रोकिन सक्छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २९, २०८१ (अप्रिल ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतमा पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याउने तयारीमा प्रहरी

    काठमाडौं, चैत्र २८ – तीनकुनेमा चैत्र १५ गते भएको उग्र प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईं...

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी...

    वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माको अपिल

    काठमाडौँ, चैत्र २८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले बद्री...

    गोरखा–जीतगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा तय गरिने २०७ किमी दूरी

    चैत्र २८, गोरखा – नेपाली सेनाले गोरखा दरबारदेखि ऐतिहासिक जीतगढीसम्मको एकीकरण मार्गमा पदयात्राको तेस्रो संस्करण...