News Portal

एन्फाद्वारा फागुनमा चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ।

संगीता गुरुङ
३६३ पटक

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन महिनामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसँगै किर्गिस्तान, लेवनान, र म्यानमारका टोलीहरू सहभागी हुनेछन्।

एन्फाका अनुसार, खेलहरू फिफा विन्डोअन्तर्गत पर्ने भएकाले सबै खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन्।

यस अघि नेपालले कार्तिक महिनामा दशरथ रंगशालामै साफ महिला च्याम्पियनसिपको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपाल फाइनलमा पुगे पनि बंगलादेशसँग पराजित भएको थियो।

फागुनमा आयोजना हुने यो प्रतियोगिताले नेपाली महिला फुटबल टोलीलाई थप अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...