News Portal

एन्फाद्वारा फागुनमा चार देशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ।

संगीता गुरुङ
२७८ पटक

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन महिनामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रंगशालामा सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालको महिला राष्ट्रिय टोलीसँगै किर्गिस्तान, लेवनान, र म्यानमारका टोलीहरू सहभागी हुनेछन्।

एन्फाका अनुसार, खेलहरू फिफा विन्डोअन्तर्गत पर्ने भएकाले सबै खेलले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन्।

यस अघि नेपालले कार्तिक महिनामा दशरथ रंगशालामै साफ महिला च्याम्पियनसिपको आयोजना गरेको थियो। उक्त प्रतियोगितामा नेपाल फाइनलमा पुगे पनि बंगलादेशसँग पराजित भएको थियो।

फागुनमा आयोजना हुने यो प्रतियोगिताले नेपाली महिला फुटबल टोलीलाई थप अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...