News Portal

सर्लाहीमा बस दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ।

संगीता गुरुङ
२०९ पटक

१७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ।

दुर्घटना गएराति करिब पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि भएको हो। काठमाडौं तर्फ जाँदै गरेको बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिँदा निरीक्षक तुलाधरलाई बसले थिचेको थियो।

गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकहरूले राति पौने १० बजे उनलाई मृत घोषणा गरेका थिए।

सशस्त्र प्रहरी बल, १० नम्बर गण दरबन्दीमा रहेका निरीक्षक तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए।

प्रहरीका अनुसार बस अनियन्त्रित हुनुको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...