News Portal

सर्लाहीमा बस दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ।

संगीता गुरुङ
२३७ पटक

१७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ।

दुर्घटना गएराति करिब पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि भएको हो। काठमाडौं तर्फ जाँदै गरेको बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिँदा निरीक्षक तुलाधरलाई बसले थिचेको थियो।

गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, चिकित्सकहरूले राति पौने १० बजे उनलाई मृत घोषणा गरेका थिए।

सशस्त्र प्रहरी बल, १० नम्बर गण दरबन्दीमा रहेका निरीक्षक तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए।

प्रहरीका अनुसार बस अनियन्त्रित हुनुको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...