आज : २०२६-०९-२७, आइतबार

काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

दैलेख नारायण नगपालिका – ६ घर भई काठमाडौँ महानगरपालिका–३० स्थित रुद्रमर्ग सेतोपुलमा बस्ने १८ वर्षिय सम्राट् बस्नेत र सरोज महतरा रहेका छन्।

पुस ९ मंगलवार राति घुम्न जाने बहानामा फकाएर डेरामा लगी बलात्कार गरेको आरोपमा पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी थिइन्।

जाहेरीको आधारमा प्रहरीले शनिवार दिउँसो आरोपीहरुलाई पक्राउ गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।