आज : २०२६-०९-२७, आइतबार

इनारमा खसेर बालिकाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।

शनिबार साँझ सुर्खेतका सन्तोष डाँगीकी छोरी आरती इनारमा खसेको प्रहरीले जनाएको छ। बालिकालाई इनारबाट उद्धार गरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।