आज : २०२६-०६-२६, शुक्रबार

सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ।

बैठकले शोक प्रस्ताव पारित गर्दै इजलास नबस्ने निर्णय गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार अन्य काम कारबाही भने नियमित रुपमा सञ्चालन हुनेछ।

७१ वर्षीय वस्तीको निधन शुक्रबार भएको हो। गोरखा खोपलाङमा २०१० असार ८ गते जन्मिएका वस्तीले २०३३ साल देखि कानून व्यवसायमा प्रवेश गरेका थिए।