News Portal

पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखराको फेवातालमा आज देखि दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु हुँदैछ।

संगीता गुरुङ
२६४ पटक

पोखरा– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालमा आज देखि दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु हुँदैछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, चीन, र सिङ्गापुरका २० टोली सहभागी हुनेछन्। चीनबाट चार्टर गरिएको विमानमार्फत १२९ खेलाडी पुस ११ मा पोखरा आइपुगेका थिए।

प्रतियोगितामा नेपालका ११, चीनका ८, र सिङ्गापुरको १ टोली सहभागी छन्। विजेतालाई पाँच हजार डलर, उपविजेतालाई दुई हजार डलर, र तृतीय स्थानलाई एक हजार दुई सय डलर पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...