News Portal

पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु

पोखराको फेवातालमा आज देखि दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु हुँदैछ।

संगीता गुरुङ
२१२ पटक

पोखरा– नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालमा आज देखि दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल सुरु हुँदैछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पुस १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, चीन, र सिङ्गापुरका २० टोली सहभागी हुनेछन्। चीनबाट चार्टर गरिएको विमानमार्फत १२९ खेलाडी पुस ११ मा पोखरा आइपुगेका थिए।

प्रतियोगितामा नेपालका ११, चीनका ८, र सिङ्गापुरको १ टोली सहभागी छन्। विजेतालाई पाँच हजार डलर, उपविजेतालाई दुई हजार डलर, र तृतीय स्थानलाई एक हजार दुई सय डलर पुरस्कार प्रदान गरिने छ। प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...